नेभिगेशन
समाज

हचुवाका भरमा प्रतिवेदन बनाइएको हैन, भ्रममा नपरौँ: राजेन्द्र लिङ्देन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति अन्तर्गतको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको स्थलगत अध्ययन उपसमितिका संयोजक राजेन्द्र लिङदेनले तथ्यका आधारमा प्रतिवेदन तयार गरिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको लेखा समिति बैठकमा उपसमितिको प्रतिवेदनमाथि केहि सांसदहरुले प्रश्न उठाएपछि लिङदेनले स्थगलत अध्ययनका साथै सरोकारवालासंग छलफल गरेर प्रतिवेदन बनाएको बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलको अध्ययनका क्रममा विज्ञहरुसंग परामर्श समेत गरेको जानकारी दिए । हचुवाका भरमा प्रतिवेदन बनाइएको भन्दै भ्रम नराख्न उनले आग्रह गरे । 

Ncell
Extreme Energy

बैठकमा केही सांसदहरुले उपसमितिको प्रतिवेदनका आधारमा कारवाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए भने केहिले थप अध्ययनको आवश्यकता रहेको बताएका थिए ।

सांसद प्रेम आलेले बिज्ञहरु र सरोकारवालासँग छलफल गरेर प्रतिवेदन बनाएको प्रति धन्यवाद दिनुपर्नेमा उल्टो प्रश्न उठाउनु उचित नभएको बताए । १४ अर्वको ठेक्कालाई २२ अर्व पुराउनु भ्रष्टाचार नै भएको उनले बताए ।

त्यस्तै सांसद अमनलाल मोदीले बिमानस्थल निर्माणमा त्रुटी भएको महशुस भएकाले नै समितिले अध्ययन गर्न उपसमिति बनाएकाले उपसमितिको प्रतिवेदनलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे । 

त्यस्तै सांसद योगेश भट्टराईले पोखरा विमानस्थलको प्रतिवेदन प्रश्नको घेरामा रहेको बताए । प्रश्नको घेरामा रहेका व्यक्ति नै उपसमितिमा रहेकाले स्वार्थको द्वन्द्व देखिएको उनको भनाइ छ । उनले स्वार्थको द्वन्द्व भएका प्रतिवेदनहरु समितिमा प्रस्तुत भएको जिकिर गरे । 

समितिमा उपसमितिको प्रतिवेदन सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । अबको बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । प्रतिवेदनमा उक्त विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।