नेभिगेशन
समाज

हचुवाका भरमा प्रतिवेदन बनाइएको हैन, भ्रममा नपरौँ: राजेन्द्र लिङ्देन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति अन्तर्गतको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको स्थलगत अध्ययन उपसमितिका संयोजक राजेन्द्र लिङदेनले तथ्यका आधारमा प्रतिवेदन तयार गरिएको बताएका हुन् । 

सिंहदरबारमा आइतबार बसेको लेखा समिति बैठकमा उपसमितिको प्रतिवेदनमाथि केहि सांसदहरुले प्रश्न उठाएपछि लिङदेनले स्थगलत अध्ययनका साथै सरोकारवालासंग छलफल गरेर प्रतिवेदन बनाएको बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलको अध्ययनका क्रममा विज्ञहरुसंग परामर्श समेत गरेको जानकारी दिए । हचुवाका भरमा प्रतिवेदन बनाइएको भन्दै भ्रम नराख्न उनले आग्रह गरे । 

बैठकमा केही सांसदहरुले उपसमितिको प्रतिवेदनका आधारमा कारवाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए भने केहिले थप अध्ययनको आवश्यकता रहेको बताएका थिए ।

सांसद प्रेम आलेले बिज्ञहरु र सरोकारवालासँग छलफल गरेर प्रतिवेदन बनाएको प्रति धन्यवाद दिनुपर्नेमा उल्टो प्रश्न उठाउनु उचित नभएको बताए । १४ अर्वको ठेक्कालाई २२ अर्व पुराउनु भ्रष्टाचार नै भएको उनले बताए ।

त्यस्तै सांसद अमनलाल मोदीले बिमानस्थल निर्माणमा त्रुटी भएको महशुस भएकाले नै समितिले अध्ययन गर्न उपसमिति बनाएकाले उपसमितिको प्रतिवेदनलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे । 

त्यस्तै सांसद योगेश भट्टराईले पोखरा विमानस्थलको प्रतिवेदन प्रश्नको घेरामा रहेको बताए । प्रश्नको घेरामा रहेका व्यक्ति नै उपसमितिमा रहेकाले स्वार्थको द्वन्द्व देखिएको उनको भनाइ छ । उनले स्वार्थको द्वन्द्व भएका प्रतिवेदनहरु समितिमा प्रस्तुत भएको जिकिर गरे । 

समितिमा उपसमितिको प्रतिवेदन सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । अबको बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । प्रतिवेदनमा उक्त विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै