नेभिगेशन
समाज

बाँकेमा दुई महिनामा १४४ सवारी दुर्घटना, ११ जनाको मृत्यु

बाँके । बाँकेमा दुई महिनाको अवधिमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँके ट्राफिक प्रहरी कार्यालयका अनुसार गत फागुन र चैत महिनामा भएका १ सय ४४ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु हुँदा ३० जना गम्भीर घाइते भएका छन् । उक्त २ महिनाको दुर्घटना अन्तर्गत फागुनमा ४ जनाको मृत्यु हुँदा १२ जना गम्भीर घाइते र ९२ जना सामान्य घाइते भएको बाँके ट्राफिक प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले जानकारी दिए ।

Ncell
Extreme Energy

त्यसैगरी चैतमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । त्यस दौरान चैतमा १८ जना गम्भीर घाइते हुँदा १ सय २ जना सामान्य घाइते भएको आचार्यले बताए । गत २ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाभरमा गरेको ट्राफिक कारबाहीमा ४७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरिएको निमित्त प्रमुख आचार्यले जानकारी दिए ।

ट्राफिक कारबाहीतर्फ फागुनमा मात्रै ३७ सय २६ सवारीसाधनलाई गरिएको कारबाहीमा २९ लाख  ५८ हजार रुपैयाँ र चैतमा २२ सय ८८ सवारीसाधनको कारबाहीबाट १७ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी बाँके ट्राफिक प्रहरी कार्यालय र  मातहतका इकाईले दिनहुँ सवारीसाधन दुर्घटना न्यूनीरणका लागि सचेतना कार्यक्रम गर्दै आउँदा पहिलेको तुलनामा दुर्घटनामा कमी आएको देखिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालको फेदी उङ्गिलुङको भेडीगोठमा रहेका पाँच जना बूढीगण्डकी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४९ जनाको उद्धार गरेको छ ।