नेभिगेशन
समाज

बाँकेमा दुई महिनामा १४४ सवारी दुर्घटना, ११ जनाको मृत्यु

बाँके । बाँकेमा दुई महिनाको अवधिमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके ट्राफिक प्रहरी कार्यालयका अनुसार गत फागुन र चैत महिनामा भएका १ सय ४४ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु हुँदा ३० जना गम्भीर घाइते भएका छन् । उक्त २ महिनाको दुर्घटना अन्तर्गत फागुनमा ४ जनाको मृत्यु हुँदा १२ जना गम्भीर घाइते र ९२ जना सामान्य घाइते भएको बाँके ट्राफिक प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले जानकारी दिए ।

CG

त्यसैगरी चैतमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । त्यस दौरान चैतमा १८ जना गम्भीर घाइते हुँदा १ सय २ जना सामान्य घाइते भएको आचार्यले बताए । गत २ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाभरमा गरेको ट्राफिक कारबाहीमा ४७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरिएको निमित्त प्रमुख आचार्यले जानकारी दिए ।

ट्राफिक कारबाहीतर्फ फागुनमा मात्रै ३७ सय २६ सवारीसाधनलाई गरिएको कारबाहीमा २९ लाख  ५८ हजार रुपैयाँ र चैतमा २२ सय ८८ सवारीसाधनको कारबाहीबाट १७ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी बाँके ट्राफिक प्रहरी कार्यालय र  मातहतका इकाईले दिनहुँ सवारीसाधन दुर्घटना न्यूनीरणका लागि सचेतना कार्यक्रम गर्दै आउँदा पहिलेको तुलनामा दुर्घटनामा कमी आएको देखिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा छैन बन्द को प्रभाव

काठमाडौँमा छैन बन्द को प्रभाव

सिपी  गजुरेल , धर्मेन्द्र बस्तोला , आहुती लगायत ६ क्रान्तिकारी कम्युनिस्ट दलले फाल्गुन २२ गते हुने निर्वाचनको बिरोधमा आह्वान गरेको उपत्यका बन्दमा काठमाडौं सडक र  जडिबुटीको अवस्था ,...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ...
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको...
धादिङ १ मा राजेन्द्र पाण्डेको ‘दायाँ हात’ मानिने कुमार पाण्डेले त्यागे नेकपा, रास्वपाबाट चुनाव लड्ने

धादिङ १ मा राजेन्द्र पाण्डेको ‘दायाँ हात’ मानिने कुमार पाण्डेले त्यागे नेकपा, रास्वपाबाट चुनाव लड्ने

‘उहाँले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने गरी पुरानो पार्टी परित्याग गर्नु भएको हो,’ स्रोतले सिधाकुरासँग भन्यो, ‘पाण्डेले उम्मेदवार हुन आवश्यक शुल्क समेत बुुझाइसकेका छन् ।’