नेभिगेशन
समाज

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा विभिन्न सांसदहरुले केआईआईटीमा नेपाली छात्राहरुको एकपछि अर्को मृत्यु भएको भन्दै आवाज उठाएका थिए । सभामुख घिमिरेले सो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सरकारलाई केआईआईटीको घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उज्यालो भविष्यको सपना बोकेर विदेशीएका नेपालीहरुको एकपछि अर्को मृत्युको घटना राज्यको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको एक गम्भिर प्रश्न हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछु ।’, उनले थपे, ‘साथै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न गराउन आवश्यक व्यवस्था गर्न समेत म निर्देशन गर्दछु ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।
बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।