नेभिगेशन
मुख्य समाचार

रेशम पक्राउबारे भोलीसम्म प्रधानमन्त्रीले जवाफ नदिए सरकार छोडेर आन्दोलन गर्ने नाउपाको चेतावनी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पार्टी संरक्षक रेशम चौधरी पक्राउबारे सरकारको धारणा माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलीको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए आफूहरु सरकार छोडेर प्रदर्शनमा उत्रिने चेतावनी दिएका छन् । 

‘गत बैसाख १७ गते हाम्रो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकीकरणको सन्दर्भमा हामी कार्यक्रम अगाडि बढाइरहेका थियौँ । यत्तिकैमा पूर्वमाननीय रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार पुर्याइयो । मिडियामा आएअनुसार महिमानसिंह विष्टले त्यो लेख्ने र पक्राउ गर्ने पूर्जी काट्नुभएको छ । न्यायालयबाट त्यसलाई फर्जी भनेर भनिएको छ ।’, सांसद चौधरीले भने, ‘तर अहिलेसम्म पनि सरकारका तर्फबाट यसमा कुनै अभिव्यक्ति नआएकाले म सो संसदलाई भन्न चाहान्छु, प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छोड्न बाध्य भएर अवरोध गर्न तयार हुन्छौँ ।’

CG

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रममा सहभागि हुन पुगेका रेशम चोधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै रेशम थुनामुक्त भएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्री बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।
मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने...
केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् ।
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होस् सभापति देउवा

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होस् सभापति देउवा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए ।