नेभिगेशन
समाज

रेशम पक्राउबारे भोलीसम्म प्रधानमन्त्रीले जवाफ नदिए सरकार छोडेर आन्दोलन गर्ने नाउपाको चेतावनी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पार्टी संरक्षक रेशम चौधरी पक्राउबारे सरकारको धारणा माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलीको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए आफूहरु सरकार छोडेर प्रदर्शनमा उत्रिने चेतावनी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘गत बैसाख १७ गते हाम्रो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकीकरणको सन्दर्भमा हामी कार्यक्रम अगाडि बढाइरहेका थियौँ । यत्तिकैमा पूर्वमाननीय रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार पुर्याइयो । मिडियामा आएअनुसार महिमानसिंह विष्टले त्यो लेख्ने र पक्राउ गर्ने पूर्जी काट्नुभएको छ । न्यायालयबाट त्यसलाई फर्जी भनेर भनिएको छ ।’, सांसद चौधरीले भने, ‘तर अहिलेसम्म पनि सरकारका तर्फबाट यसमा कुनै अभिव्यक्ति नआएकाले म सो संसदलाई भन्न चाहान्छु, प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छोड्न बाध्य भएर अवरोध गर्न तयार हुन्छौँ ।’

Ncell
Extreme Energy

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रममा सहभागि हुन पुगेका रेशम चोधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै रेशम थुनामुक्त भएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।
बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।