नेभिगेशन
समाज

आरआरमा जटिल बन्दै स्ववियु गठन, मनलाग्दी कार्यसमिति गठन गरेको भन्दै कार्यकक्षबाट फालियो क्याम्पस प्रमुखको कुर्सी

काठमाडौँ । देशकै ठुलो मानविकी क्याम्पस भनेर चिनिने काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पसमा क्याम्पस प्रमुखले अन्य दलका उम्मेदवारसँग सल्लाह नै नगरी स्ववियु गठन गरेकाे भन्दै विभिन्न सङ्गठनले असहमति जनाएका छन् । सोमबार नाराबाजीमा उत्रिएका विद्यार्थी सङ्गठनहरुले क्याम्पस प्रमुखको कुर्सी कार्यकक्षबाट फाल्नुका साथै कार्यकक्ष ताेडफाेड गरेका छन् । 

उनीहरूले क्याम्पस प्रमुखले अन्य सङ्गठनबाट उम्मेदवारी दिएका विद्यार्थीहरूसँग छलफल र सल्लाह नै नगरी क्याम्पसमा स्ववियु गठन गरेको भन्दै प्रदर्शन गरेका हुन् । ‘क्याम्पस प्रशासन पेलेको पेल्यै, हामी विद्यार्थीहरू चाहिँ हेरेको हेर्यै ?, अरू कुरा जान्दैनौँ, बिना निर्वाचन हामी कसैलाई हाम्रो नेता मान्दैनौँ, सर्वसम्मति होइन स्वायत्त मतदान गर !, विद्यार्थीको मताधिकार हनन गर्ने तिमी सबै धोकेबाज हौ’ लगायत नारा लेखिएका पम्पलेट बोकेर आन्दोलनमा उत्रिएका उनीहरूले क्याम्पस प्रमुखको कुर्सी कार्यकक्षबाट निकालेका हुन् । 

CG

त्यसो त आरआर क्याम्पसमा स्ववियु गठनको विषय जटिल बन्दै गएको छ । त्रिवि तालिकाअनुसार गत चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन नेकपा एमालेनिकट विद्यार्थी सङ्गठनले चुनावको अघिल्लो मध्यरातमा क्याम्पसको मुख्य गेटमा ताला लगाएपछि स्थगित भएकाे थियो । सो समयमा अनेरास्ववियुले क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरिएको र परिचयपत्र वितरण गरिएको भन्दै विरोध जनाएको थियो । 

त्यसपछि बसेको सर्वदलीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय गरेको थियो । तर चैत १५ गते  राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण देखाउँदै निर्वाचन गर्न नसकिने भन्दै पत्र निकालिएकाे थियो । त्यसपश्चात पुनः निर्वाचन स्थगित भएको थियो । 

२ पटकसम्म स्ववियु निर्वाचन स्थगित भएकाे भन्दै आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै नेविसंघले उच्च अदालत पाटनमा निवेदन दायर गरेको थियो । सो निवेदनउपर वैशाख ५ गते अदालतका न्यायाधीश द्वय श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासले यथाशीघ्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको थियो । 

तर आदेश दिएको १० दिनसम्म पनि क्याम्पसले स्ववियु निर्वाचन गराउन पहल गरेन । बरु वैशाख १७ गते एक सूचना निकाल्दै आरआरमा अनेरास्ववियुका सभापतिका उम्मेदवार लोकेशकुमार खड्काको अध्यक्षतामा स्ववियु गठन गरेको बतायाे । उक्त कार्यसमितिमा अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियुका केही उम्मेदवारहरुको नामावली समावेश गरिएको थियो । तर नेविसंघका सभापतिका उम्मेदवार लगायतका विभिन्न सङ्गठनका सभापति र उम्मेदवारहरूलाई थाहा नै नदिई स्ववियु गठन गरिएको भन्दै क्याम्पस परिसरमा निरन्तर आन्दोलन भइरहेको छ । 

पाँच विद्यार्थी सङ्गठनले स्ववियु कार्यसमिति खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट समेत दायर गरेका छन्। यसबिचमा विद्यार्थीहरूले आफूहरूले निष्पक्ष रूपमा स्ववियु चाहेको भन्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउँदै आएको तर क्याम्पस प्रशासनले अन्देखा गरेको भन्दै नेविसंघ लगायत अन्य सङ्गठनले साेमबार क्याम्पस प्रमुखको कार्यकक्षबाट कुर्सी निकालेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ...
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको...
मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...