नेभिगेशन
समाज

रास्वपाको प्रश्नः ‘जिबी राईलाई किन पक्राउ नगरेको ? धनराजलाई पक्राउ गरी अनुसन्धान गर्ने हैसियत छ ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले जिबी राई किन नपक्रेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै आफ्ना पोल खुल्ने डरले नै सरकारमा रहेकाहरुले जिबी राई पक्राउ नगरेको जनताले अड्कल काट्न थालेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई लक्षित गर्दै संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो भन्दै प्रश्न गरेका छन् । उनले नेपाली कांग्रेसका उपसभापति जोडिएको मितेरी सहकारीबारे पनि प्रश्न गरेका छन् ।

Ncell
Extreme Energy

यस्तो सांसद पराजुलीले संसदमा दिएको अभिव्यक्तिको सम्पादित अंशः

धेरै भएको छैन, कबिर १० ११ महिनाअघिको मात्रै कुरा हो । प्रतिपक्षमा रहँदै गर्दा नेपाली कांग्रेसका महामन्त्रीद्वयले भ्रष्टाचार र ठगी प्रकरणविद्ध उठाएका मुद्दा र सोधिएका प्रश्न आज पनि संसदको रेकर्डमा निकालेर हेर्न सकिन्छ । तर आज प्रश्न सोध्ने र जवाफ दिनेहरु लोकतन्त्रको न्युनतम मूल्य मान्यतालाई पनि कुल्चिएर सरकार सञ्चालन प्रक्रियामा हुनुहुन्छ । म सम्मानित सदनमार्फत यहाँहरुलाई सोध्न चाहन्छु । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो ? ४० ओटा सहकारीमा जम्मा भएका ८७ अर्ब सबै वैध कमाई हो ? स्रोतको छानबिन गर्न पर्छ कि पर्दैन ? पीडित जनताले खाइ नखाई जम्मा गरेको आफ्नो जीवनभरीको कमाइ मात्र होइन, तपाईँहरुले नै भन्ने गरेको सडक छेउमा मकै पोल्ने र साग बेच्ने जनताले गरेको बचतमध्ये कति पैसा फिर्ता गर्नुभयो अहिलेसम्म ? सभामुख महोदय म सोध्न चाहन्छु, तपाईँहरुले उपसभापतिविरुद्ध परेको मितेरी सहकारीको १४ करोड ठगी उजुरीको कारवाही प्रक्रिया कहाँ पुग्यो ? कि ठूला दलका नेतालाई कारबाही गर्नु हुँदैन भन्नेछ ? उनलाई पनि पक्रेर कारवाही गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोध मात्र साँध्ने उद्देश्य हो यहाँहरुको ? एपिवान टेलिभिजनमा आजपनि जिबी राईको लगानी कायम रहेको तथ्य अदलतले उस्को सम्पत्ति रोक्क गरेको विवरणबाट प्रमाणित हुन्छ । के छानबिनको दायरामा गोर्खा मिडिया मात्र हुन्छ ? कि सरकार ढल्छ भन्ने डरले छानबिन अगाडी बढाउन नसकेको हो ? तपाईँहरुकै पार्टीले गृहमन्त्रालय सम्हालेको १० महिना बित्दै गर्दा जिबी राई कहिले पक्राउ पर्छन् र नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् तपाईँहरुलाई । सञ्चारमाध्यममका सुन्नमा आएको छ, १६ अर्ब ५० करोडमध्ये ७ अर्ब मात्रै आफूले लिएको र तिर्छु भनेको सुनियो । बाँकी ९ अर्ब ५० करोडको भागेदार को को हुन भन्ने तथ्यको अनुसन्धान हुँदा सबै उदांगो हुने डरले जिबी राईलाई पक्राउ नगरेका हुन यिनीहरुले भनेर जनता त हल्ला गर्दैछन् नि ! के साँच्चै त्यस्तै हो ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।
बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।