नेभिगेशन
मुख्य समाचार

रास्वपाको प्रश्नः ‘जिबी राईलाई किन पक्राउ नगरेको ? धनराजलाई पक्राउ गरी अनुसन्धान गर्ने हैसियत छ ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले जिबी राई किन नपक्रेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै आफ्ना पोल खुल्ने डरले नै सरकारमा रहेकाहरुले जिबी राई पक्राउ नगरेको जनताले अड्कल काट्न थालेको बताएका हुन् ।

त्यस्तै उनले नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई लक्षित गर्दै संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो भन्दै प्रश्न गरेका छन् । उनले नेपाली कांग्रेसका उपसभापति जोडिएको मितेरी सहकारीबारे पनि प्रश्न गरेका छन् ।

CG

यस्तो सांसद पराजुलीले संसदमा दिएको अभिव्यक्तिको सम्पादित अंशः

धेरै भएको छैन, कबिर १० ११ महिनाअघिको मात्रै कुरा हो । प्रतिपक्षमा रहँदै गर्दा नेपाली कांग्रेसका महामन्त्रीद्वयले भ्रष्टाचार र ठगी प्रकरणविद्ध उठाएका मुद्दा र सोधिएका प्रश्न आज पनि संसदको रेकर्डमा निकालेर हेर्न सकिन्छ । तर आज प्रश्न सोध्ने र जवाफ दिनेहरु लोकतन्त्रको न्युनतम मूल्य मान्यतालाई पनि कुल्चिएर सरकार सञ्चालन प्रक्रियामा हुनुहुन्छ । म सम्मानित सदनमार्फत यहाँहरुलाई सोध्न चाहन्छु । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो ? ४० ओटा सहकारीमा जम्मा भएका ८७ अर्ब सबै वैध कमाई हो ? स्रोतको छानबिन गर्न पर्छ कि पर्दैन ? पीडित जनताले खाइ नखाई जम्मा गरेको आफ्नो जीवनभरीको कमाइ मात्र होइन, तपाईँहरुले नै भन्ने गरेको सडक छेउमा मकै पोल्ने र साग बेच्ने जनताले गरेको बचतमध्ये कति पैसा फिर्ता गर्नुभयो अहिलेसम्म ? सभामुख महोदय म सोध्न चाहन्छु, तपाईँहरुले उपसभापतिविरुद्ध परेको मितेरी सहकारीको १४ करोड ठगी उजुरीको कारवाही प्रक्रिया कहाँ पुग्यो ? कि ठूला दलका नेतालाई कारबाही गर्नु हुँदैन भन्नेछ ? उनलाई पनि पक्रेर कारवाही गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोध मात्र साँध्ने उद्देश्य हो यहाँहरुको ? एपिवान टेलिभिजनमा आजपनि जिबी राईको लगानी कायम रहेको तथ्य अदलतले उस्को सम्पत्ति रोक्क गरेको विवरणबाट प्रमाणित हुन्छ । के छानबिनको दायरामा गोर्खा मिडिया मात्र हुन्छ ? कि सरकार ढल्छ भन्ने डरले छानबिन अगाडी बढाउन नसकेको हो ? तपाईँहरुकै पार्टीले गृहमन्त्रालय सम्हालेको १० महिना बित्दै गर्दा जिबी राई कहिले पक्राउ पर्छन् र नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् तपाईँहरुलाई । सञ्चारमाध्यममका सुन्नमा आएको छ, १६ अर्ब ५० करोडमध्ये ७ अर्ब मात्रै आफूले लिएको र तिर्छु भनेको सुनियो । बाँकी ९ अर्ब ५० करोडको भागेदार को को हुन भन्ने तथ्यको अनुसन्धान हुँदा सबै उदांगो हुने डरले जिबी राईलाई पक्राउ नगरेका हुन यिनीहरुले भनेर जनता त हल्ला गर्दैछन् नि ! के साँच्चै त्यस्तै हो ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्री बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।
मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने...
केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् ।
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होस् सभापति देउवा

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होस् सभापति देउवा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए ।