नेभिगेशन
मुख्य समाचार

नीति तथा कार्यक्रमको प्रशंसामा टेबल नबजाएको भन्दै आफ्नै सांसदसँग प्रधानमन्त्रीले दुखेसो पोखेः प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकराले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम सत्तारुढ दलकै सांसदहरुलाई मन नपरेको बताएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा सांसदहरुको मौनताले त्यसको अवस्था पुष्टि गरेको उनको भनाई छ । त्यस्तै उनले नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा प्रशंसामा टेबल नबजाएको भन्दै आफ्नै सांसदहरुसँग प्रधानमन्त्रीले दुखेसो पोखेको बताए । 

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहदा सत्तारुढ दलका सांसदहरुको बेन्चमा छाएको मौनताले नै धेरै कुरा प्रतिविम्बित गरेको छ । किन सत्तारुढ दलका मान्य सदस्यहरुमा पति त्यो स्तरको मौनता छायो ? यतिमात्र नभएर नीति तथा कार्यक्रमको प्रस्तुती र प्रशंसामा टेबल नबजाएको भन्दै आफ्नै सांसदहरुसँग सम्माननीय प्रधानमन्त्रीको दुखेसो र नीति तथा कार्यक्रमलाई समर्थनका लागि पटक पटक दलका सांसदहरुलाई निर्देशनले त्यो स्थितिलाई स्पष्ट गरेको छ । सत्तासित सांसदहरुमा नै नीति तथा कार्यक्रमप्रति आशा र उत्साह पैदा हुन सक्दैन भने आम जनतालाई सन्तुष्टि दिने त ठाउँ नै देखिएको छैन ।’

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्री बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।
मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने...
केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् ।
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होस् सभापति देउवा

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होस् सभापति देउवा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए ।