नेभिगेशन
समाज

नीति तथा कार्यक्रमको प्रशंसामा टेबल नबजाएको भन्दै आफ्नै सांसदसँग प्रधानमन्त्रीले दुखेसो पोखेः प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकराले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम सत्तारुढ दलकै सांसदहरुलाई मन नपरेको बताएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा सांसदहरुको मौनताले त्यसको अवस्था पुष्टि गरेको उनको भनाई छ । त्यस्तै उनले नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा प्रशंसामा टेबल नबजाएको भन्दै आफ्नै सांसदहरुसँग प्रधानमन्त्रीले दुखेसो पोखेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहदा सत्तारुढ दलका सांसदहरुको बेन्चमा छाएको मौनताले नै धेरै कुरा प्रतिविम्बित गरेको छ । किन सत्तारुढ दलका मान्य सदस्यहरुमा पति त्यो स्तरको मौनता छायो ? यतिमात्र नभएर नीति तथा कार्यक्रमको प्रस्तुती र प्रशंसामा टेबल नबजाएको भन्दै आफ्नै सांसदहरुसँग सम्माननीय प्रधानमन्त्रीको दुखेसो र नीति तथा कार्यक्रमलाई समर्थनका लागि पटक पटक दलका सांसदहरुलाई निर्देशनले त्यो स्थितिलाई स्पष्ट गरेको छ । सत्तासित सांसदहरुमा नै नीति तथा कार्यक्रमप्रति आशा र उत्साह पैदा हुन सक्दैन भने आम जनतालाई सन्तुष्टि दिने त ठाउँ नै देखिएको छैन ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।
बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।