नेभिगेशन
समाज

धरौटी बदर माग गर्दै रवि लामिछानेले हालेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश

काठमाडौँ । उच्च अदालत पाटनको हेटौँडा इजलासले रवि लामिछानेसँग धरौटी माग्नुको कारणसहित चितवन जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको छ । न्यायाधीश डा. शान्ता सेढाईँ सापकोटा को इजलासले कारणसहित कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साहारा सहकारीसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै रवि लामिछानेले आफ्ना कानुन व्यवसायीमार्फत उच्च अदालतमा आइतबार निवेदन दिएका थिए । उक्त निवेदनको आज सुनुवाई भएको हो । रवि लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल र अधिवक्ता डा. नारायणदत्त कंडेलले बहस गरेका थिए । 

Ncell
Extreme Energy

साहारा सहकारीको मुद्दामा चितवन जिल्ला अदालतले रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई...