नेभिगेशन
समाज

ऋषीकेशकी पत्नी अञ्जला सहितको सहकारी ठगी मुद्दामा उच्च अदालतका न्यायाधीशको राय बाझियो, धरौटी १० लाख लिने कि १ करोड ?

मोरङ । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहितलाई सहकारी ठगी प्रकरणमा उच्च अदालत विराटनगरमा धरौटी कति लिने भन्ने विषयमा दुई न्यायाधीशको राय बाझिएको छ । 
 
धनपालथानमा रहेको उमा गौरी सहकारी संस्थाका सञ्चालकले रकम अपचलन गरेको विषयमा चार जनालाई धरौटीमा छाड्ने मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले दिएको ७२ नम्बरको निवेदन माथिको सुनुवाइमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको राय बाझिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त इजलासले वैशाख ११ गतेको निवेदनको सुनुवाइपछि न्यायाधीश पुडासैनीले जिल्ला अदालतकै आदेश सदर गर्ने राय दिएकी थिइन । इजलासका अर्का न्यायाधीश बास्तोला भने जिल्ला अदालतबाट एकरूपको आदेश भएको नदेखिएको भन्दै धरौटी बढाउनु पर्ने राय लेखे । न्यायाधीश बास्तोलाले प्रतिवादीमध्येका अञ्जला कोइराला, रोशन राजवंशी, ज्योति बाँस्कोटा र सन्तलाल खवासको हकमा जिल्लाको आदेश उल्ट्याउँदै जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग्नुपर्ने राय दिए ।  

Ncell
Extreme Energy

बास्तोलाको रायमा प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बाँस्कोटा र सन्तलाल खवासको हकमा अभियोग पत्रमा उल्लेखित बिगो समेतलाई विचार गरी जनही धरौटी बढाउनुपर्ने भनिएको छ।

प्रतिवादी शम्भुप्रसाद रौनियारलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने गरी जिल्ला अदालतबाट भएको आदेश सदर गर्ने रायमा सहमति जनाउँदै सञ्चालक समितिको सदस्य तथा पदाधिकारीको रूपमा कार्य गर्ने प्रतिवादीहरूको कसुरमा हुनसक्ने संलग्नतालाई विचार गरी जिल्ला अदालतबाट एकरूपको आदेश भएको नदेखिएको बास्तोलाको ठहर छ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमा गौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो। तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो। 

सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरू सहकारी अध्यक्ष शम्भु प्रसाद रौनियार र धनपालथान ४ का पूर्व वडाध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतिलाई ५ लाख, लक्ष्मी देवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।  

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्चलसहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो। त्यो घटनामा एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाद्र २४ को घटना ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य छैनः गगन थापा

भाद्र २४ को घटना ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य छैनः गगन थापा

शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताउका हुन् ।...
सञ्चालनमा आयो कोभिडपछि बन्द भएको चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला

सञ्चालनमा आयो कोभिडपछि बन्द भएको चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला

कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब...
यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो ।
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव

रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव

हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन्...