नेभिगेशन
मुख्य समाचार

ऋषीकेशकी पत्नी अञ्जला सहितको सहकारी ठगी मुद्दामा उच्च अदालतका न्यायाधीशको राय बाझियो, धरौटी १० लाख लिने कि १ करोड ?

मोरङ । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहितलाई सहकारी ठगी प्रकरणमा उच्च अदालत विराटनगरमा धरौटी कति लिने भन्ने विषयमा दुई न्यायाधीशको राय बाझिएको छ । 
 
धनपालथानमा रहेको उमा गौरी सहकारी संस्थाका सञ्चालकले रकम अपचलन गरेको विषयमा चार जनालाई धरौटीमा छाड्ने मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले दिएको ७२ नम्बरको निवेदन माथिको सुनुवाइमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको राय बाझिएको हो।

संयुक्त इजलासले वैशाख ११ गतेको निवेदनको सुनुवाइपछि न्यायाधीश पुडासैनीले जिल्ला अदालतकै आदेश सदर गर्ने राय दिएकी थिइन । इजलासका अर्का न्यायाधीश बास्तोला भने जिल्ला अदालतबाट एकरूपको आदेश भएको नदेखिएको भन्दै धरौटी बढाउनु पर्ने राय लेखे । न्यायाधीश बास्तोलाले प्रतिवादीमध्येका अञ्जला कोइराला, रोशन राजवंशी, ज्योति बाँस्कोटा र सन्तलाल खवासको हकमा जिल्लाको आदेश उल्ट्याउँदै जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग्नुपर्ने राय दिए ।  

CG

बास्तोलाको रायमा प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बाँस्कोटा र सन्तलाल खवासको हकमा अभियोग पत्रमा उल्लेखित बिगो समेतलाई विचार गरी जनही धरौटी बढाउनुपर्ने भनिएको छ।

प्रतिवादी शम्भुप्रसाद रौनियारलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने गरी जिल्ला अदालतबाट भएको आदेश सदर गर्ने रायमा सहमति जनाउँदै सञ्चालक समितिको सदस्य तथा पदाधिकारीको रूपमा कार्य गर्ने प्रतिवादीहरूको कसुरमा हुनसक्ने संलग्नतालाई विचार गरी जिल्ला अदालतबाट एकरूपको आदेश भएको नदेखिएको बास्तोलाको ठहर छ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमा गौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो। तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो। 

सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरू सहकारी अध्यक्ष शम्भु प्रसाद रौनियार र धनपालथान ४ का पूर्व वडाध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतिलाई ५ लाख, लक्ष्मी देवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।  

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्चलसहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो। त्यो घटनामा एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...