नेभिगेशन
मुख्य समाचार

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अख्तियारले लियो बयान

काठमाडौँ । पतञ्जली आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री एव्म नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बयान लिएको छ । 


अख्यितार स्रोतका अनुसार केहि दिन अघि टंकालस्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै पुगेर नेपालले बयान दिएका हुन् । 

CG


अख्तियारको कार्यालयमा आउन इन्कार गरेका नेपाललाई संसदमै सूचना टाँस गर्ने चेतावनीपछि कार्यालयमा आउन तयार भएको अख्तियारको दाबी छ । 


२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा काभ्रेमा हदबन्दी बढीको जग्गा हदबन्दी छुटमा खरिद गर्न स्वीकृती दिने निर्णय मन्त्रिपरिषद्ले नै गरिदिएको थियो । 

काभ्रेमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गालाई किनबेच गरिएका थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...