नेभिगेशन
समाज

आदिल अन्सरीको निलम्बन फुकुवा, भन्छन्ः 'माया,दुआ र आशीर्वादले फेरी क्रिकेट खेल्ने छु'

काठमाडौं । क्रिकेटर आदिल अन्सरी खेलमा फर्किने भएका छन् । २ वर्षभन्दा लामो निलम्बन आइतबार फुकुवाभएपछि आदिल फेरी खेलमा फर्कीने भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निलम्बन फुकुवापछि सोमबार सामाजिक सन्जालमा खुशी व्यक्त गरेका छन् । उनले माया, दुआ र आशीर्वादले फेरि क्रिकेट खेल्ने बताएका हुन् । अन्सारीले आफ्नो परिवार, क्रीकेट समर्थक र नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद दिएका हुन् ।

Ncell
Extreme Energy

उनलाई नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने गरि २१ गतेदेखि प्रतिबन्ध फुकुवा गरेको थियो ।

उनलाई २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेको थियो । 

त्यसपछि आलमलाई एन्टी करप्सन कोडबमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

उक्त  मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई...
कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारीका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।