नेभिगेशन
समाज

चट्याङ लागेर बालकको मृत्यु

कटारी । कटारी नगरपालिकामा चट्याङ लागेर  बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए ।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्”, वडाध्यक्ष तामाङले भने, “खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिए ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धादिङ १ मा राजेन्द्र पाण्डेको ‘दायाँ हात’ मानिने कुमार पाण्डेले त्यागे नेकपा, रास्वपाबाट चुनाव लड्ने

धादिङ १ मा राजेन्द्र पाण्डेको ‘दायाँ हात’ मानिने कुमार पाण्डेले त्यागे नेकपा, रास्वपाबाट चुनाव लड्ने

‘उहाँले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने गरी पुरानो पार्टी परित्याग गर्नु भएको हो,’ स्रोतले सिधाकुरासँग भन्यो, ‘पाण्डेले उम्मेदवार हुन आवश्यक शुल्क समेत बुुझाइसकेका छन् ।’
मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...