नेभिगेशन
समाज

रेशम पक्राउ प्रकरणले विधिको शासनमा भुईँचालो ल्यायोः जनमत पार्टी

काठमाडौँ । रेशम चौधरी पक्राउ गर्न न्यायालयबाटै आएको आदेशले विधिको शासनमा भुईँचालो ल्याएको जनमत पार्टीले जनाएको छ । पार्टीका तर्फबाट संसदमा बोल्दै सांसद अनिता देवीले जुन निकायबाट हामी न्यायको आश गर्छौँ त्यही निकायबाट सो हदको लापरवाही हुनुले न्यायालयप्रपतिको विश्वास गुमेको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनिन्, ‘आज फेरी विधिको शासनमा भुईँचालो आएको छ । बैशाख १७ गतेका दिन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको पार्टी एकता हुनुअगावै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अपहरण शैलीमा गिरफ्तार गरेर डिल्लीबजार लगियो । मधेशी, मुस्लिम, थारु, आदीवासी, जनजातीलाई कहिले सरकारले त कहिले न्यायालयले अवहेलना गर्दै आएको छ । तर जुन न्यायालयबाट हामी निष्पक्ष न्याय पाउँछौँ भनेर हामी आशा राखेका हुन्छौँ, तर आज विश्वास गुमाएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कारबाही होस् ।’

Ncell
Extreme Energy

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रममा सहभागि हुन पुगेका रेशम चोधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै रेशम थुनामुक्त भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।