नेभिगेशन
समाज

रेशम पक्राउ प्रकरणले विधिको शासनमा भुईँचालो ल्यायोः जनमत पार्टी

काठमाडौँ । रेशम चौधरी पक्राउ गर्न न्यायालयबाटै आएको आदेशले विधिको शासनमा भुईँचालो ल्याएको जनमत पार्टीले जनाएको छ । पार्टीका तर्फबाट संसदमा बोल्दै सांसद अनिता देवीले जुन निकायबाट हामी न्यायको आश गर्छौँ त्यही निकायबाट सो हदको लापरवाही हुनुले न्यायालयप्रपतिको विश्वास गुमेको बताइन् ।

उनले भनिन्, ‘आज फेरी विधिको शासनमा भुईँचालो आएको छ । बैशाख १७ गतेका दिन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको पार्टी एकता हुनुअगावै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अपहरण शैलीमा गिरफ्तार गरेर डिल्लीबजार लगियो । मधेशी, मुस्लिम, थारु, आदीवासी, जनजातीलाई कहिले सरकारले त कहिले न्यायालयले अवहेलना गर्दै आएको छ । तर जुन न्यायालयबाट हामी निष्पक्ष न्याय पाउँछौँ भनेर हामी आशा राखेका हुन्छौँ, तर आज विश्वास गुमाएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कारबाही होस् ।’

CG

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रममा सहभागि हुन पुगेका रेशम चोधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै रेशम थुनामुक्त भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...