नेभिगेशन
समाज

नेताहरुकै कारण जनतामा सबै नेताहरु फटाहा हुन् भन्ने भाष्य स्थापित भयोः धनराज गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरुकै कारण सबै नेताहरु फटाहा हुन भन्ने भाष्य जनतामा स्थापित भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले नेताहरुको एक अर्काप्रति दोषारोपण गर्ने प्रवृत्तिका कारण यस्तो भाष्य स्थापित भएको बताएका हुन् । 

एउटा नेताले अर्को नेतालाई जाली हो, फटाहा हो, बेइमान हो भन्दा भन्दै धुर्त हो भनिरहेपछि अर्कोले पनि त्यही भन्ने भो । त्यही भन्दा भन्दै जनताले के बुझे भन्दाखेरी यी नेताहरु सबै फटाहा, बेइमान धुर्त रहेछन् भनेर नेपाली जनताले बुझ्ने भए नि त’, उनले भने । 

CG

त्यस्तै उनले राज्यका बिभिन्न निकायमा रहेका सबैको सम्पति छानविन गर्नुपर्ने बताए । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले अहिले भ्रष्टाचार गर्ने र नगर्नेलाई एउटै डालोमा राखेर तुलना हुने गरेको भन्दै नेतादेखि कर्मचारीसम्म सवैको सम्पति छानविन गर्नुपर्ने बताउनुभएको हो । छानविन गर्दा स्रोत नखुलेको भेटिए जफत गर्नुपर्ने उहाले बताउनुभयो । गुरुङले दलीय स्वार्थका आधारमा एक नेताले अर्काप्रति गर्ने टिप्पणीले नेताहरु सवै जाली हुन् भन्ने भाष्य जनतामा परेको जिकिर गरे । 

उनले सर्वदलीय समिति गठन गरेर संविधान संशोधनको कामलाई अघि बढाउन प्रस्ताव समेत गरे । समानुपातिक प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचन सुनिश्चित गर्नेगरि संविधान संशोधन गर्नुपर्ने उनले बताए । त्यस्तै गुरुङले मरिसकेको राजसंस्थाका बिषयमा अनावश्यक बहस गर्न आवश्यक नरहेको तर्क गरे । 

उनले कर्म, व्यबहार, दृष्टिकोण र उद्देश्य र गन्तव्यले अहिलेको व्यवस्थालाई सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...