नेभिगेशन
समाज

पूर्वराजालाई इंगित गर्दै ज्ञानेन्द्र शाही भन्छन्, ‘बाघ बुढो भएपनि बाघै हो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजालाई बाघको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम नेपालको संविधान बाहिर गएर ल्याइएको बताउँदै राष्ट्रपतिको दुरुपयोग भएको बताएका छन् । 

‘नीति तथा कार्यक्रम भन्दा बाहिरको कुरा पनि समावेश गरेको पाइयो ।’, उनले थपे, ‘नेपालको संविधानको धारा १७ को उपधारा १७ (क) मा फरक विचार राख्ने मान्छेलाई पनि स्वतन्त्रताको हक भन्ने विषयलाई निष्तेज पारेर नीति तथा कार्यक्रम तयार पारियो । सरकारले जबरजस्ती पढ्न लगाएजस्तो लाग्छ मलाई । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी खेद प्रकट गर्दछ र यो हामी स्विकार्न तयार छैनौँ ।’

CG

त्यस्तै विभिन्न राजनीतिक दलका नेताहरुले नीति तथा कार्यक्रमको छलफलमा व्यक्तिको राजनीतिक आस्थामाथि प्रश्न उठ्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘अघि एकजना माननीयज्यूले यहाँ बाघ हैन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्द सक्दैन । तपाईँहरुको यो क्रान्ति केके भन्ने चिज कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे बाह्र बुँदेको कुरा गर्नुस्, चाहे नेताहरु लुक्ने कुरा गर्नुस्, यो मैले भनेको हैन, पूर्वराजदूत भइसकेका व्यक्तिले भनेका हुन् ।’, उनले थपे, ‘बाघ बुढो भएपनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त काहीँ । बिरालो बिरालो नै हो ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...