नेभिगेशन
समाज

पूर्वराजालाई इंगित गर्दै ज्ञानेन्द्र शाही भन्छन्, ‘बाघ बुढो भएपनि बाघै हो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजालाई बाघको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम नेपालको संविधान बाहिर गएर ल्याइएको बताउँदै राष्ट्रपतिको दुरुपयोग भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नीति तथा कार्यक्रम भन्दा बाहिरको कुरा पनि समावेश गरेको पाइयो ।’, उनले थपे, ‘नेपालको संविधानको धारा १७ को उपधारा १७ (क) मा फरक विचार राख्ने मान्छेलाई पनि स्वतन्त्रताको हक भन्ने विषयलाई निष्तेज पारेर नीति तथा कार्यक्रम तयार पारियो । सरकारले जबरजस्ती पढ्न लगाएजस्तो लाग्छ मलाई । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी खेद प्रकट गर्दछ र यो हामी स्विकार्न तयार छैनौँ ।’

Ncell
Extreme Energy

त्यस्तै विभिन्न राजनीतिक दलका नेताहरुले नीति तथा कार्यक्रमको छलफलमा व्यक्तिको राजनीतिक आस्थामाथि प्रश्न उठ्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘अघि एकजना माननीयज्यूले यहाँ बाघ हैन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्द सक्दैन । तपाईँहरुको यो क्रान्ति केके भन्ने चिज कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे बाह्र बुँदेको कुरा गर्नुस्, चाहे नेताहरु लुक्ने कुरा गर्नुस्, यो मैले भनेको हैन, पूर्वराजदूत भइसकेका व्यक्तिले भनेका हुन् ।’, उनले थपे, ‘बाघ बुढो भएपनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त काहीँ । बिरालो बिरालो नै हो ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।