नेभिगेशन
समाज

सिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा नहान्न प्रचण्डलाई योगेश भट्टराईको सुझाव

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नगर्न प्रचण्डलाई सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भट्टराईले बिपक्षी दलका नेता प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक, स्वार्थ समूह र बिचौलिया भन्दै पटक–पटक टिप्पणी गर्ने गरेको भन्दै सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नगर्न सुझाव दिएका हुन् । 

Ncell
Extreme Energy

धारा ७६ (२) अनुसार बनेको प्रचण्डको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने कुन संविधानको व्याख्या हो भन्दै उनले प्रश्न गरे । उनले पराम्परागत प्रणालीलाई केहि हस्तक्षेप गरेर सरकारले अहिले उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको बताए । 

भट्टराईले सरकार गठन हुँदा भएको सहमति, सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम, संसद र संसदीय समितिहरुले दिएको निर्देशनको जगमा अहिलेको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरे । 

उनले स्रोत सुनिश्चित नहुदै हजारौ आयोजना घोषणा गर्ने र अलपत्र पार्ने कामलाई अन्त्य गर्दै अहिले प्राथमिकिरणका आधारमा आयोजना छनौट गर्ने काम गरेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।