नेभिगेशन
समाज

सिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा नहान्न प्रचण्डलाई योगेश भट्टराईको सुझाव

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नगर्न प्रचण्डलाई सुझाव दिएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भट्टराईले बिपक्षी दलका नेता प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक, स्वार्थ समूह र बिचौलिया भन्दै पटक–पटक टिप्पणी गर्ने गरेको भन्दै सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नगर्न सुझाव दिएका हुन् । 

CG

धारा ७६ (२) अनुसार बनेको प्रचण्डको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने कुन संविधानको व्याख्या हो भन्दै उनले प्रश्न गरे । उनले पराम्परागत प्रणालीलाई केहि हस्तक्षेप गरेर सरकारले अहिले उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको बताए । 

भट्टराईले सरकार गठन हुँदा भएको सहमति, सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम, संसद र संसदीय समितिहरुले दिएको निर्देशनको जगमा अहिलेको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरे । 

उनले स्रोत सुनिश्चित नहुदै हजारौ आयोजना घोषणा गर्ने र अलपत्र पार्ने कामलाई अन्त्य गर्दै अहिले प्राथमिकिरणका आधारमा आयोजना छनौट गर्ने काम गरेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...