नेभिगेशन
समाज

उदयपुरको त्रियुगा नदीमा आएको बाढीले बस बगायो

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । सोमबार राति नै फसेको गाडी मंगलबार बिहान आएको बाढीले बगाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका अनुसार को १ ख ४७५३ नम्बरको सो बस सोमबार सप्तरीमा जन्ती पुर्याएर उदयपुर फर्किने क्रममा फसेको थियो । रातिको समय भएका कारण बस निकाल्न सकिएको थिएन तर सोमबार रातिदेखि परेको पानीका कारण त्रियुगामा बाढी आएसँग बस बगाएको हो । 

Ncell
Extreme Energy

सो नदीमा बनाइएको पुल बनिनसक्दै भत्किएका कारण डाइभर्सन बनाएर सवारी आवागमन गराइएको थियो । प्रहरीका अनुसार रातिको समयमा ह्युमपाइपको मुनिको भाग पानीले खोलिसकेको थाहा नहुँदा गाडी नदीमा डुबेको हो । जुन बस उद्धार गर्न नपाउँदै बगाएको हो । 

बाढीले बस बगाएपनि त्यहाँ कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । गाडी फस्दा बसमा चालक र सहचालकमात्रै भएको र उनीहरुको उद्धार भएकाले कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डको भनाइ छ।
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।