नेभिगेशन
समाज

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

मन्त्रालयमा आज आयोजित छलफलमा उनले ‘श्रम संसार’ पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवालगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाको विवरणसमेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्न निर्देशन दिए। अन्तरराष्ट्रिय श्रमिक दिवसदेखि यो पोर्टल सञ्चालनमा आएको हो ।

CG

सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास एवं विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन केकसरी सकिन्छ भन्ने विषयमा भएको उक्त छलफलमा मन्त्री भण्डारीले मन्त्रालयले श्रम बजार सूचना प्रणालीको निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशन दिए । उनले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकलपर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिए ।

मन्त्री भण्डारीले आगामी वर्षदेखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायिक सीप प्रतिष्ठानलगायत सम्पूर्ण श्रम तथा सेवा रोजगार सेवा केन्द्रमार्फत सेवा प्रवाह हुने जानकारीसमेत दिए । 

छलफलमा मन्त्रालय तथा मातहतका कर्मचारी, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अली, श्रममन्त्रीको विज्ञ सल्लाहकार युवराज बस्नेत, स्वीस कन्ट्राक्टका निर्देशक, विश्व बैंक, सामी र रेमी आयोजनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसै क्रममा मन्त्रालय मातहत रहेका सूचना प्रणालीको स्तरोन्नती गर्नमा भएको ढिलाइ र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतीहरूलाई विश्लेषण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...