नेभिगेशन
समाज

पाकिस्तानमाथि हमला गर्न रातभर मोदीको कमाण्ड: ‘अपरेशन सिन्दूर’

काठमाडौं । भारतले पाकिस्तानमाथि हमला  गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर कमाण्ड गरेको भारतीय संचारमाध्य एएनआईले जनाएका छन् । उनले पूरै ध्यान  ‘अपरेशन सिन्दूर’मा लगाएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आक्रमणपछि उनले ९ स्थानमा हमला सफल भएको प्रतिक्रिया समेत दिए । भारतले पाकिस्तानमाथिको आक्रमणलाई कोडनेम ‘अपरेशन सिन्दूर’ दिइएको छ ।

Ncell
Extreme Energy

उसले विश्व समुदायलाई समेत कोडनेमका बारेमा जानकारी दिएको जनाएको छ । 

 बुधबार राति १ बजेबाट भारतले पाकिस्तानका बहालपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबाद लगायतका ९ स्थानमा हवाई हमाल गरेको हो । भारतले लश्कर र जैशाको मुख्यालय ध्वस्त पारेको दाबी गरेका छन् । यी ठाउँ आतंकवादको अड्डा भएको दाबी भारतको छ । 

990787-01-02-1746582507.jpg
 

रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानको सीमावर्ती क्षेत्रबाट पनि भारी गोलाबारी र ठूलो विस्फोटको रिपोर्ट आइरहेको छ।

यद्यपि भारतीय सेनाले पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको दाबी गरेको छ । आतंककारी लुकेको ठाउँलाई निशाना बनाइएको भारतको दाबी छ । 

पाकिस्तानको सरकारी समाचार च्यानल पीटीभी न्यूजले आक्रमणको क्रममा पाकिस्तानी सेनाले २ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। 

दुई बालबालिकासहित सात जनाको मृत्यु
पाकिस्तानी सेनाले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

990579-01-02-1746582555.jpg

पाकिस्तानको जवाफ:आक्रमणको बदला लिने छाैँ 
भारतको आक्रमणबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले मिसाइलक आक्रमणको बदला लिने जनाएका छन् । भारतको आक्रमण युद्धको कार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री शरिफले भनेका छन्, 'शत्रुले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्ण आक्रमण गरेको छ, पाकिस्तान र पाकिस्तानी सेनालाई शत्रुहरूसँग कसरी व्यवहार गर्ने भनेर राम्ररी थाहा छ। हामी शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिने छैनौं।'

प्रधानमन्त्री शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन्।

 

भारतले आतंकवादीका नाममा सर्वसाधारणमाथि आक्रमण गर्योः पाकिस्तानी रक्षामन्त्री
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पनि भारतले आतंकवादी लुक्ने ठाउँ नभई नागरिक बस्ने ठाउँमा आक्रमण गरेको बताएका छन् । उनले भारतले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको दाबी गरिरहेका छन्। 

उनले भनेका छन्,'म अन्तर्राष्ट्रिय मिडियालाई सबै पक्षमा आएर आफैं हेर्न भन्न चाहन्छु कि यी आतंकवादी लुक्ने ठाउँहरू थिए कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिदहरू पनि समावेश थिए । बीबीसी उर्दुसँग उनले भनेका छन्,'एक बच्चा शहीद भएको छ। एक महिला शहीद भएकी छिन्। मसँग शहीदको पछिल्लो तथ्याङ्क छैन। तर पुष्टि भएका यी सात निशानाहरूमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशानाहरू नागरिक बस्तीमा थिए ।'

ट्रम्पको प्रतिक्रिया: दुखद्,पूर्वअनुमानित लडाई
भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई दुःखदु भन्दै भारत–पाकिस्तानबीचको यो लडाई पूर्वअनुमानित रहेको प्रतिक्रिया दिएका छन् । 

नेपाली समयअनुसार बुधबार राति ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'यो दुःखद हो। हामी अहिले भर्खरै यसको बारेमा थाहा पाउँदैछौं। मलाई लाग्छ,  हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।'

राष्ट्रसंघको प्रतिक्रियाः अधिकतम संयम अपनाउन अपील
भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारेसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीबाट गहिरो चिन्ता व्यक्त गरेका छन् । 'महासचिवले दुवै देशलाई अधिकतम संयम अपनाउन अपील गरेका छन् । 
विश्वले अर्को भारत-पाकिस्तान सैन्य द्वन्द्वको जोखिम वहन गर्न सक्दैन,' उनले भनेका छन् । 

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै