नेभिगेशन
मुख्य समाचार

पाकिस्तानमाथि हमला गर्न रातभर मोदीको कमाण्ड: ‘अपरेशन सिन्दूर’

काठमाडौं । भारतले पाकिस्तानमाथि हमला  गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर कमाण्ड गरेको भारतीय संचारमाध्य एएनआईले जनाएका छन् । उनले पूरै ध्यान  ‘अपरेशन सिन्दूर’मा लगाएका थिए ।

आक्रमणपछि उनले ९ स्थानमा हमला सफल भएको प्रतिक्रिया समेत दिए । भारतले पाकिस्तानमाथिको आक्रमणलाई कोडनेम ‘अपरेशन सिन्दूर’ दिइएको छ ।

CG

उसले विश्व समुदायलाई समेत कोडनेमका बारेमा जानकारी दिएको जनाएको छ । 

 बुधबार राति १ बजेबाट भारतले पाकिस्तानका बहालपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबाद लगायतका ९ स्थानमा हवाई हमाल गरेको हो । भारतले लश्कर र जैशाको मुख्यालय ध्वस्त पारेको दाबी गरेका छन् । यी ठाउँ आतंकवादको अड्डा भएको दाबी भारतको छ । 

990787-01-02-1746582507.jpg
 

रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानको सीमावर्ती क्षेत्रबाट पनि भारी गोलाबारी र ठूलो विस्फोटको रिपोर्ट आइरहेको छ।

यद्यपि भारतीय सेनाले पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको दाबी गरेको छ । आतंककारी लुकेको ठाउँलाई निशाना बनाइएको भारतको दाबी छ । 

पाकिस्तानको सरकारी समाचार च्यानल पीटीभी न्यूजले आक्रमणको क्रममा पाकिस्तानी सेनाले २ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। 

दुई बालबालिकासहित सात जनाको मृत्यु
पाकिस्तानी सेनाले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

990579-01-02-1746582555.jpg

पाकिस्तानको जवाफ:आक्रमणको बदला लिने छाैँ 
भारतको आक्रमणबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले मिसाइलक आक्रमणको बदला लिने जनाएका छन् । भारतको आक्रमण युद्धको कार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री शरिफले भनेका छन्, 'शत्रुले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्ण आक्रमण गरेको छ, पाकिस्तान र पाकिस्तानी सेनालाई शत्रुहरूसँग कसरी व्यवहार गर्ने भनेर राम्ररी थाहा छ। हामी शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिने छैनौं।'

प्रधानमन्त्री शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन्।

 

भारतले आतंकवादीका नाममा सर्वसाधारणमाथि आक्रमण गर्योः पाकिस्तानी रक्षामन्त्री
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पनि भारतले आतंकवादी लुक्ने ठाउँ नभई नागरिक बस्ने ठाउँमा आक्रमण गरेको बताएका छन् । उनले भारतले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको दाबी गरिरहेका छन्। 

उनले भनेका छन्,'म अन्तर्राष्ट्रिय मिडियालाई सबै पक्षमा आएर आफैं हेर्न भन्न चाहन्छु कि यी आतंकवादी लुक्ने ठाउँहरू थिए कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिदहरू पनि समावेश थिए । बीबीसी उर्दुसँग उनले भनेका छन्,'एक बच्चा शहीद भएको छ। एक महिला शहीद भएकी छिन्। मसँग शहीदको पछिल्लो तथ्याङ्क छैन। तर पुष्टि भएका यी सात निशानाहरूमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशानाहरू नागरिक बस्तीमा थिए ।'

ट्रम्पको प्रतिक्रिया: दुखद्,पूर्वअनुमानित लडाई
भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई दुःखदु भन्दै भारत–पाकिस्तानबीचको यो लडाई पूर्वअनुमानित रहेको प्रतिक्रिया दिएका छन् । 

नेपाली समयअनुसार बुधबार राति ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'यो दुःखद हो। हामी अहिले भर्खरै यसको बारेमा थाहा पाउँदैछौं। मलाई लाग्छ,  हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।'

राष्ट्रसंघको प्रतिक्रियाः अधिकतम संयम अपनाउन अपील
भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारेसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीबाट गहिरो चिन्ता व्यक्त गरेका छन् । 'महासचिवले दुवै देशलाई अधिकतम संयम अपनाउन अपील गरेका छन् । 
विश्वले अर्को भारत-पाकिस्तान सैन्य द्वन्द्वको जोखिम वहन गर्न सक्दैन,' उनले भनेका छन् । 

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...