नेभिगेशन
समाज

अपडेटः भारतले यसरी हानेको थियो पाकिस्तानमाथि २४ क्षेप्यास्त्र, मारिनेको संख्या ३० बढी (भिडियो)

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाई हमलामा मारिनेको संख्या ३० पुगेको छ । भारतीय पत्रिका दैनिक भास्कारका अनुसार पाकिस्तानबाट प्राप्त रिपोर्टहरुका अनुसार बहालपुरमा भएको हवाई आक्रमणमा मारिनेको संख्या ३० पुगेको हो । समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त भएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहलगाम आक्रमणको १५ दिनपछि भारतले गएराति १ बजेबाट हवाई आक्रमण सुरु गरेको हो ।

Ncell
Extreme Energy

पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) का ९ स्थानमा  आक्रमण भएको जनाइएको छ । भारतले ति क्षेत्रबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएकाले आतंकवादीका अखडा भएको दाबी गरेको छ भने पाकिस्तानले आतंकवादीका नाममा सर्वसाधारण र बालबालिकामाथि आक्रमण भएको जनाएको छ । 
बहावलपुरसँगै मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरेको हो । 


भारतले अपरेसन सिन्दुर नामाकरण गरेको आक्रमणका क्रममा २४ वटा क्षेप्यास्त्र प्रहार गरेको पाकिस्तानको इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएिपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बताएका छन् । 

यसरी भएको थियो  हवाई हमलाः

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन्।
बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ।
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। सेनाले पहिरोको जोखिममा रहेको चुमनुब्री गाउँपालिकाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको...