नेभिगेशन
मुख्य समाचार

अपडेटः भारतले यसरी हानेको थियो पाकिस्तानमाथि २४ क्षेप्यास्त्र, मारिनेको संख्या ३० बढी (भिडियो)

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाई हमलामा मारिनेको संख्या ३० पुगेको छ । भारतीय पत्रिका दैनिक भास्कारका अनुसार पाकिस्तानबाट प्राप्त रिपोर्टहरुका अनुसार बहालपुरमा भएको हवाई आक्रमणमा मारिनेको संख्या ३० पुगेको हो । समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त भएको छ ।  

पहलगाम आक्रमणको १५ दिनपछि भारतले गएराति १ बजेबाट हवाई आक्रमण सुरु गरेको हो ।

CG

पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) का ९ स्थानमा  आक्रमण भएको जनाइएको छ । भारतले ति क्षेत्रबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएकाले आतंकवादीका अखडा भएको दाबी गरेको छ भने पाकिस्तानले आतंकवादीका नाममा सर्वसाधारण र बालबालिकामाथि आक्रमण भएको जनाएको छ । 
बहावलपुरसँगै मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरेको हो । 


भारतले अपरेसन सिन्दुर नामाकरण गरेको आक्रमणका क्रममा २४ वटा क्षेप्यास्त्र प्रहार गरेको पाकिस्तानको इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएिपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बताएका छन् । 

यसरी भएको थियो  हवाई हमलाः

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...