नेभिगेशन
समाज

गोरखापत्र पढ्दै पत्रकारलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति शुभकामना व्यक्त गरेका हुन् ।

पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्,“आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना”,  ।
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...