नेभिगेशन
समाज

भारतले पाकिस्तानमाथि गरेको हमला आपत्तिजनकः चीन

काठमाडौँ । चीनले पाकिस्तान र भारतबिच भइरहेको द्वन्द्वलाई लिएर विरोध जनाएको छ । बुधबार बिहान भारतले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’पश्चात चीनले आफ्नो धारणा राखेको हो । जहाँ भारतको कदम आपत्तिजनक रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

बुधबार चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भारतले बिहान पाकिस्तानमा गरेको सैनिक कारबाहीलाई दुःखद भएको बताएकी छिन् । त्यस्तै उनले चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने र दुवै पक्षलाई शान्ति र स्थायित्वको हितमा काम गर्न, शान्त रहन र संयम अपनाउन आग्रह गरेको बताइन् । उनले भनिन्, ‘चीनले भारतले आज बिहान पाकिस्तानमा गरेको सैनिक कारबाहीलाई आपत्तिजनक रुपमा लिएको छ । हामी उक्त परिस्थितिप्रति चिन्तित छौँ। भारत र पाकिस्तान एक–अर्काका छिमेकी थिए र सधैँ रहन्छन्। उनीहरू दुबै चीनका पनि छिमेकी हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्दछ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको हितमा काम गर्न, शान्त रहन, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कार्यहरूबाट टाढा रहन आग्रह गर्दछौँ।’

CG

भारतले पाकिस्तानमाथि गरेको बुधबार बिहान गरेको हमलामा दर्जनौँ मारिएको भारतीय पक्षले दाबी गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त भएको छ ।  

पहलगाम आक्रमणको १५ दिनपछि भारतले गएराति १ बजेबाट हवाई आक्रमण सुरु गरेको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

मेरिकीले डिभी लोटरी कार्यक्रम अस्थायीरुपमा रोकेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमका अनुसार ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा  डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने...
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका...
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा...
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका...

भर्खरै