नेभिगेशन
समाज

भारतले पाकिस्तानमाथि गरेको हमला आपत्तिजनकः चीन

काठमाडौँ । चीनले पाकिस्तान र भारतबिच भइरहेको द्वन्द्वलाई लिएर विरोध जनाएको छ । बुधबार बिहान भारतले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’पश्चात चीनले आफ्नो धारणा राखेको हो । जहाँ भारतको कदम आपत्तिजनक रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भारतले बिहान पाकिस्तानमा गरेको सैनिक कारबाहीलाई दुःखद भएको बताएकी छिन् । त्यस्तै उनले चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने र दुवै पक्षलाई शान्ति र स्थायित्वको हितमा काम गर्न, शान्त रहन र संयम अपनाउन आग्रह गरेको बताइन् । उनले भनिन्, ‘चीनले भारतले आज बिहान पाकिस्तानमा गरेको सैनिक कारबाहीलाई आपत्तिजनक रुपमा लिएको छ । हामी उक्त परिस्थितिप्रति चिन्तित छौँ। भारत र पाकिस्तान एक–अर्काका छिमेकी थिए र सधैँ रहन्छन्। उनीहरू दुबै चीनका पनि छिमेकी हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्दछ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको हितमा काम गर्न, शान्त रहन, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कार्यहरूबाट टाढा रहन आग्रह गर्दछौँ।’

Ncell
Extreme Energy

भारतले पाकिस्तानमाथि गरेको बुधबार बिहान गरेको हमलामा दर्जनौँ मारिएको भारतीय पक्षले दाबी गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त भएको छ ।  

पहलगाम आक्रमणको १५ दिनपछि भारतले गएराति १ बजेबाट हवाई आक्रमण सुरु गरेको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...
रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामाथि गरिँदै आएका आक्रमण रोक्न आग्रह गरेका छन्  ।
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...