नेभिगेशन
मुख्य समाचार

हेटौँडामा भासिएको गाडीको अत्तोपत्तो भएन, फर्कियो भूगर्भविदको टोली

काठमाडौँ । शुक्रवार हेटौँडामा सडक भासिएर गाडी बेपत्ता भएको स्थानको अध्ययन गर्न पुगेको भूगर्भविद्को टोली फर्किएको छ । मंगलबार सो स्थानको अध्ययन गर्न पुगेको टोलीले गाडी नभेटेपछि घटनास्थलको अनुगमन गरेर ल्याब परिक्षण गर्न काठमाडौँ फर्किएको हो । 

भूगर्भविद् नारायण अविकारीको नेतृत्व पुगेको टोलीले बुधबार दिउँसो २ बजेसम्म सो क्षेत्रको अध्ययन अनुसन्धान गरेको थियो । सो टिममा कृष्ण पाण्डे, मणि खनाल र स्याम्प्लर अमर थापा रहेका थिए । 

CG

शुक्रवार अपराह्न हेटौँडा उपमहानगरपालिकाको दलदलमा भासिएको एक गाडी अझै पनि भेटिएको छैन । घटना घटेको ५ दिन बित्दासमेत शुक्रवार अपराह्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकैको गैरीगाउँमा सडकबाट फसेको गाडी नभेटिएको हो ।

ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बलेरो भ्यान क्षणभरमै सडक भासिएर त्यसभित्र छिरेको थियो । गाडी चालक हरेराम राईका अनुसार सडकमा गुडिरहेको गाडी भूकम्प आएजस्तो एक्कासी हल्लिन सुरु गरेको थियो । त्यसपछि गाडी रोकेर झ्यालबाट पछाडि हेर्दा सडक तल धसिएको देखिएपछि उनी गाडीबाट निस्किएका थिए । त्यसको क्षणभरमै गाडी पूर्ण रूपमा जमिनमुनि हराएको हो ।

गाडी गायब भएसँगै स्थानीय मात्रै नभएर सुरक्षाकर्मी र जनप्रतिनिधिको टिमसमेत त्यहाँ पुगेर विभिन्न विधि अपनाएर गाडी खोज्ने काम गरेका थिए । तर पनि कहीँ कतै गाडी भेटिएको छैन । सडक भासिएपछि गाडी भासिएको स्थानमा अहिले ठुलो दह बनेको छ ।

माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी निकाल्ने क्रममा झन्झन् भित्र पसेर गायब भएको थियो । घटना हुनुभन्दा केही अघिसम्म सामान्य रहेको ठाउँ एक्कासि कसरी भासियो भन्नेमा स्थानीय चकित छन् ।

सो ठाउँमा पहिले बोरिङका लागि खाल्डो खनिए पनि पानी ननिस्काएपछि सानो खाल्डो यसै छोडिएको थियो । त्यही सानो खाल्डोले ठुलो घटना बनाएको स्थानीय बताउँछन् । त्यस्तै सो ठाउँमा यसअघि पनि पटक पटक घटना घट्ने गरेको स्थानीय बताउँछन् ।

गाडी खोज्न बाँस तथा रडको सहायता लिँदासमेत गाडीको अत्तोपत्तो नभएपछि हराएको गाडीको विषयमा अध्ययन गर्न हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् बोलाएको थियो । उपमहानगरको बोलाएपछि भूगर्भको टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको...
निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीः सचिव राउत

निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीः सचिव राउत

आयोगका सचिव राउतले निर्वाचन कार्यक्रमअन्तर्गत माघ २ गते निर्वाचन अधिकृत कार्यालयको स्थापना हुने जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिइसकिएको बताउँदै...
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

राजनीतिक दलका उम्मेद्वारले अरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे भन्दै दोष देखाएर आफूले नै बढी आचारसंहिता पालना नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने बताए...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

सोमबार ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१...

भर्खरै