नेभिगेशन
समाज

हेटौँडामा भासिएको गाडीको अत्तोपत्तो भएन, फर्कियो भूगर्भविदको टोली

काठमाडौँ । शुक्रवार हेटौँडामा सडक भासिएर गाडी बेपत्ता भएको स्थानको अध्ययन गर्न पुगेको भूगर्भविद्को टोली फर्किएको छ । मंगलबार सो स्थानको अध्ययन गर्न पुगेको टोलीले गाडी नभेटेपछि घटनास्थलको अनुगमन गरेर ल्याब परिक्षण गर्न काठमाडौँ फर्किएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूगर्भविद् नारायण अविकारीको नेतृत्व पुगेको टोलीले बुधबार दिउँसो २ बजेसम्म सो क्षेत्रको अध्ययन अनुसन्धान गरेको थियो । सो टिममा कृष्ण पाण्डे, मणि खनाल र स्याम्प्लर अमर थापा रहेका थिए । 

Ncell
Extreme Energy

शुक्रवार अपराह्न हेटौँडा उपमहानगरपालिकाको दलदलमा भासिएको एक गाडी अझै पनि भेटिएको छैन । घटना घटेको ५ दिन बित्दासमेत शुक्रवार अपराह्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकैको गैरीगाउँमा सडकबाट फसेको गाडी नभेटिएको हो ।

ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बलेरो भ्यान क्षणभरमै सडक भासिएर त्यसभित्र छिरेको थियो । गाडी चालक हरेराम राईका अनुसार सडकमा गुडिरहेको गाडी भूकम्प आएजस्तो एक्कासी हल्लिन सुरु गरेको थियो । त्यसपछि गाडी रोकेर झ्यालबाट पछाडि हेर्दा सडक तल धसिएको देखिएपछि उनी गाडीबाट निस्किएका थिए । त्यसको क्षणभरमै गाडी पूर्ण रूपमा जमिनमुनि हराएको हो ।

गाडी गायब भएसँगै स्थानीय मात्रै नभएर सुरक्षाकर्मी र जनप्रतिनिधिको टिमसमेत त्यहाँ पुगेर विभिन्न विधि अपनाएर गाडी खोज्ने काम गरेका थिए । तर पनि कहीँ कतै गाडी भेटिएको छैन । सडक भासिएपछि गाडी भासिएको स्थानमा अहिले ठुलो दह बनेको छ ।

माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी निकाल्ने क्रममा झन्झन् भित्र पसेर गायब भएको थियो । घटना हुनुभन्दा केही अघिसम्म सामान्य रहेको ठाउँ एक्कासि कसरी भासियो भन्नेमा स्थानीय चकित छन् ।

सो ठाउँमा पहिले बोरिङका लागि खाल्डो खनिए पनि पानी ननिस्काएपछि सानो खाल्डो यसै छोडिएको थियो । त्यही सानो खाल्डोले ठुलो घटना बनाएको स्थानीय बताउँछन् । त्यस्तै सो ठाउँमा यसअघि पनि पटक पटक घटना घट्ने गरेको स्थानीय बताउँछन् ।

गाडी खोज्न बाँस तथा रडको सहायता लिँदासमेत गाडीको अत्तोपत्तो नभएपछि हराएको गाडीको विषयमा अध्ययन गर्न हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् बोलाएको थियो । उपमहानगरको बोलाएपछि भूगर्भको टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको अध्ययन थालेको छ ।
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा आइतबार बिहान चार बजे बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो विनाश निम्त्याएको छ।

भर्खरै