नेभिगेशन
समाज

नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।

यस सुखद अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू भव्यतापूर्वक सञ्चालन गरेको हो ।

CG

यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको  टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्नुहुने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी महानुभावहरु, सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथैे सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाईरहने अपेक्षा रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट...
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर

विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसमम्म  बढीमा आगामी पुस ७...
बर्ली होम एप्लायन्सेसको ६ नयाँ गिजर मोडेल सार्वजनिक

बर्ली होम एप्लायन्सेसको ६ नयाँ गिजर मोडेल सार्वजनिक

नेपालमा बर्ली उत्पादनहरूको आधिकारिक आयातकर्ता तथा वितरक सीजी इलेक्ट्राेनिक्स (CG Electronics) ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।
बुढानिलकण्ठ स्कुलमा टियागो इभि अन्तर स्कुल चित्रकला कार्यक्रममा सम्पन्न

बुढानिलकण्ठ स्कुलमा टियागो इभि अन्तर स्कुल चित्रकला कार्यक्रममा सम्पन्न

कार्यक्रम दुई समूह—कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२—मा विभाजन गरिएको थियो । 'cARTnival' लाई प्रतियोगिता तथा कार्यशाला दुवै प्रारूपमा सञ्चालन गरियो । जसले विद्यार्थीहरूलाई वातावरण,...

भर्खरै