नेभिगेशन
समाज

केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो ।
 
भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको  विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।
 
मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए । 
 
भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित   घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ”, प्रवक्ता तिवारीले भने, “सीमानाकादेखि विमानस्थलसम्मको  सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा  बैठकमा छलफल भएको छ ।”

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको अध्ययन थालेको छ ।
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा आइतबार बिहान चार बजे बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो विनाश निम्त्याएको छ।

भर्खरै