नेभिगेशन
समाज

प्रदीप नेपालको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्व नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गरेका थिए । 

Ncell
Extreme Energy

पूर्वमन्त्री नेपाल नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यकार थिए । उनको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । 

उनी पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी९एमाले०को तर्फबाट २०५० सालमा राष्ट्रियसभामा निर्वाचित भएका थिए। उनी विसं २०५६ मा काठमाडौँ जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको अध्ययन थालेको छ ।
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा आइतबार बिहान चार बजे बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो विनाश निम्त्याएको छ।

भर्खरै