नेभिगेशन
मुख्य समाचार

तीनकुनेमा भ्यान र मोटरसाइकललाई बसले ठक्कर दियो: एकको मृत्यु, तीन घाइते

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आज बिहान बसले मारुती भ्यान र मोटरसाइकलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 
करिब साढे ६ बजे काठमाडौँ तिनकुनेस्थित मुनिभैरबमा बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा।प्र ०१ ०२६ च २९२७ को इको मारुती भ्यान र बा.प्र.०२ ०५३ प ३८४७ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका ३ घरभइ काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ। 

बसको ठक्करबाट भ्यानका चालक काभ्रेको मण्डनदेवपुर नगरपालिका १ घर भइ हाल काठमाडौँ महानगरपालिका ३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्नबहादुर सार्की र बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएकी छन्। 

दुर्घटनापछि प्रहरीले बस चालक इलामको सूर्योदय नगरपालिका( ५ घर भइ काठमाडौँको काँडाघारी बस्ने ५९ वर्षीय राम कुमार खड्का र भ्यान चालक काभ्रेको मण्डन देवपुर नगरपालिका( १ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय रत्न बहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।