नेभिगेशन
समाज

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानविन गर्न माओवादी केन्द्रको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानविन गर्न माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा सम्बन्धीत मन्त्री समेतको मिलोमतोको बिषय आएकाले छानविन गर्न माग गरेका हुन् । 

City Express

जगदुल्लाहको आर्थिक प्रस्ताव गर्दा ऊर्जा मन्त्रालयका मन्त्री र जगदुल्लाहका प्रमुखको मिलोमतो भएको उनले बताए । 

सांसद मोदीले जगदुल्लाको ठेक्का प्रक्रियाबारे सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियारमा समेत उजुरी पर्दा पनि सरकारको ध्यान जान नसकेकाले छानविन हुनुपर्ने उल्लेख गरे । 

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडको ठेक्का प्रक्रियाबिरुद्ध परेको रिटमा उच्च अदालत पाटनले समेत कम्पनीलाई कारण देखाउ आदेश जारी गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...