नेभिगेशन
समाज

जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने मनिष झाको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणका लागि डीपीआर समेत भइसकेको अवस्थामा यसलाई अगाडी बढाउन ढिलाई भएको भन्दै अव पनि व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रङ्गशालाको डीपीआर गरि साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रङ्गशालाको परिकल्पना भएपनि अघि बढाउन ढिलाई गरिएको उनले बताए । उनले खेलकुद परिषद्ले गुठी संस्थानलाई बार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर ४९ लाख ६० हजार बनाइएको भन्दै आपत्ति जनाए । 

यसमा समृद्ध विचौलिया, समृद्ध दलाल छिरेजस्तो देखिएको भन्दै उनले जनकपुरका युवाहरुको क्रिकेट रङ्गशालाको परिकल्पनामा कुनै व्यवधान भए आन्दोलन चाँडै हुने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै