नेभिगेशन
मुख्य समाचार

राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चतकालिन जनआन्दोलन गरिने

काठमाडौँ ।

राजसंस्था पुनस्र्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले राजसंस्था पुनस्र्थापनको लागि भन्दै अनिश्चित कालीन आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको संयोजन र परिचालन नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिमार्फत हुने समितिले जनाएको छ ।

समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म नटुङ्गिने स्पष्ट पारे । उनले आफुहरुको आन्दोलनमा कुनै पनि बाह्य शक्तिहरुको संलग्नता नरहने भन्दै नेपाली जनताको राष्ट्रबादी आन्दोलन हुने बताए । 

सुवेदीले राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफुहरुको संयुक्त प्रयास भएको जिकिर गरे । उनले २०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रुपमा असफल प्रमाणित भएको दावी गरे । 

पत्रकार सम्मेलन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको आन्दोलन कुनै व्यक्तिका लागि नभए देशको सुखद भविष्यका लागि भएकाले निष्कर्षमा नपुगि आन्दोलन नरोकिने स्पष्ट पारे । उनले गल्ति सच्चाउन तयार हुन सुझाव दिदै गल्ति नसच्चाए भाग्न तयार हुन चेतावनी दिए । 

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुहरुको आन्दोलन राष्ट्रबादी भएकाले सहभागी हुन आह्वान गरे । भ्रष्ट शासकहरुबाट देशलाई मुक्त गराउने र हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गरि मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनका एकतावद्ध भएर अघि बढ्ने उनले बताए । 

अध्यक्ष थापाले आगामी जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनले निष्कर्षमा नपुगेसम्म बिश्राम नलिने स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।