नेभिगेशन
समाज

राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चतकालिन जनआन्दोलन गरिने

काठमाडौँ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजसंस्था पुनस्र्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । 

Ncell
Extreme Energy

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले राजसंस्था पुनस्र्थापनको लागि भन्दै अनिश्चित कालीन आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको संयोजन र परिचालन नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिमार्फत हुने समितिले जनाएको छ ।

समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म नटुङ्गिने स्पष्ट पारे । उनले आफुहरुको आन्दोलनमा कुनै पनि बाह्य शक्तिहरुको संलग्नता नरहने भन्दै नेपाली जनताको राष्ट्रबादी आन्दोलन हुने बताए । 

सुवेदीले राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफुहरुको संयुक्त प्रयास भएको जिकिर गरे । उनले २०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रुपमा असफल प्रमाणित भएको दावी गरे । 

पत्रकार सम्मेलन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको आन्दोलन कुनै व्यक्तिका लागि नभए देशको सुखद भविष्यका लागि भएकाले निष्कर्षमा नपुगि आन्दोलन नरोकिने स्पष्ट पारे । उनले गल्ति सच्चाउन तयार हुन सुझाव दिदै गल्ति नसच्चाए भाग्न तयार हुन चेतावनी दिए । 

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुहरुको आन्दोलन राष्ट्रबादी भएकाले सहभागी हुन आह्वान गरे । भ्रष्ट शासकहरुबाट देशलाई मुक्त गराउने र हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गरि मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनका एकतावद्ध भएर अघि बढ्ने उनले बताए । 

अध्यक्ष थापाले आगामी जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनले निष्कर्षमा नपुगेसम्म बिश्राम नलिने स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज कहाँ कहाँ हुँदैछ वर्षा ?

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको मतगणनामा महामन्त्री पदमा प्रदीप पौडेल र अमरसिंह पुनले अग्रता लिएका छन्।
बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुम्चेतको स्यारखोलामा आएको भेलबाढीका कारण बुढीगण्डकी नदीको जलसतह बढेको सूचना प्राप्त भएको थियो।