नेभिगेशन
समाज

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन् । 
 
“म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,” काट्जले एक विज्ञप्तिमा भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ । बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ ।”

Ncell
Extreme Energy

हिजबुल्लाह र हमाससँगै यमनका हुथी विद्रोहीहरू इजरायल र उसको सहयोगी संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको धुरी’ को हिस्सा हुन्। हिजबुल्लाहले सन् २०२३ को अक्टोबरमा आफ्नो सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो ।

नोभेम्बरमा भएको युद्धविरामसँगै समाप्त भएको शत्रुताको एक वर्षमा इजरायली सेनाले हिजबुल्लाहलाई छियाछिया बनाइदिएको छ भने हमासको नेतृत्व अक्टोबर ७ मा भएको आक्रमणबाट सुरु भएको युद्धमा ध्वस्त भएको छ ।

हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए ।

इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार गर्दै आएको छ ।

इजरायलले विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको विमानस्थल र राजधानी र वरपरका विद्युत गृहमा आक्रमण गरेर हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको थियो ।

अमेरिका र हुथी विद्रोहीबीच युद्धविराम सम्झौता गराउन पहल लिएको मध्यस्थ ओमानले मङ्गलबार सम्झौताको घोषणा गर्दै सम्झौताले रेड सीमा ‘आवागमनको स्वतन्त्रता’ सुनिश्चित गर्ने बताएको छ । यमनी विद्रोही समूह हुथीले गाजामा हमासमाथिको इजरायली आक्रमणविरूद्ध सहयोग गर्न रेड सी क्षेत्रमा पानीजहाजमा आक्रमण गर्दै आएको छ । 

हुथी विद्रोहीले यमनमा हप्तौँदेखि जारी अमेरिकी आक्रमणको अन्त्य भएको सम्झौताका बावजुद रेड सीमा इजरायल र इजरायल समर्थक मुलुकका जहाजलाई निशाना बनाउने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राजनीतिक व्यक्तित्वहरुलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्दमा फस्न सक्छः नेता खनाल

राजनीतिक व्यक्तित्वहरुलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्दमा फस्न सक्छः नेता खनाल

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरु माथि धरपकड भइरहेको भन्दै एउटा अपराधी जस्तो व्यवहार गर्न थाले देश समझदारी तर्फ नभइ अन्तरद्वन्द्वतर्फ जाने...
महाधिवेशन स्थलमा चुनाव प्रचारका क्रममा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

महाधिवेशन स्थलमा चुनाव प्रचारका क्रममा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन...
संयुक्त राष्ट्रसङ्घद्वारा इरानी आणविक केन्द्रमा निरीक्षण हुने सङ्केत

संयुक्त राष्ट्रसङ्घद्वारा इरानी आणविक केन्द्रमा निरीक्षण हुने सङ्केत

अमेरिका र इरानबीच भएको अन्तरिम समझदारीअनुसार ती केन्द्रहरूको निरीक्षण हुने उनको भनाइले युद्धपछिको आणविक विवाद समाधानतर्फ महत्त्वपूर्ण प्रगति भएको देखाएको छ । जापानको फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रको...
राति मतदान र गणना, भोलि बिहान दोस्रो चरणको निर्वाचन

राति मतदान र गणना, भोलि बिहान दोस्रो चरणको निर्वाचन

नेता मनिष झाले राति ४ देखि ५ घण्टा लाग्नसक्ने बताए । उनका अनुसार राति नै मतदान सकिन्छ भने मतदान सकिए लगत्तै मतगणना गरिने छ ।