नेभिगेशन
समाज

पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको भारतको दाबी

काठमाडौँ । भारतले पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको दाबी गरेको छ । बुधबार राति पाकिस्तानी सेनाले भारतका ४ वटा राज्यका १५ सैन्य अड्डाहरूमा आक्रमण गरेको भन्दै पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको भारतको रक्षा मन्त्रालयले दाबी गरेको हो । 

बिहिबार दिउँसो २ः३० बजे एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले भनेको छ, ‘मे ७ को राति पाकिस्तानले उत्तरी र पश्चिमी भारतका शहरहरूलाई निशाना बनायो। यसमा अवंतीपोरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालंधर, लुधियाना, आदमपुर, भटिंडा, चंडीगढ़, नल, फलोदी, उत्तरलाई र भुजमा ड्रोन र मिसाइलहरू प्रहार गरिएको थियो।’

CG

रक्षा मन्त्रालयले पाकिस्तानका ती आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ। त्यस्तै मन्त्रालयले भारतले पनि पाकिस्तानलाई उस्तै तीव्रताका साथ जवाफ दिएको दाबी गरेको छ। उसले पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार र प्रणाली ध्वस्त बनाएको दाबी गरेको छ । 

बिबिसी हिन्दुका अनुसार भारतले लाहोरमा रहेको एक वायु रक्षा प्रणाली नष्ट गरेको छ ।

त्यस्तै बुधबार पाकिस्तानले गरेको आक्रमणका कारण १६ भारतीय नागरिकको मृत्यु भएको भारतले जनाएको छ । पाकिस्तानी गोलाबारीमा परि तीन महिला र पाँच बालबालिकासहित १६ नागरिकको मृत्यु भएको भारतले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...