नेभिगेशन
समाज

पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको भारतको दाबी

काठमाडौँ । भारतले पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको दाबी गरेको छ । बुधबार राति पाकिस्तानी सेनाले भारतका ४ वटा राज्यका १५ सैन्य अड्डाहरूमा आक्रमण गरेको भन्दै पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको भारतको रक्षा मन्त्रालयले दाबी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार दिउँसो २ः३० बजे एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले भनेको छ, ‘मे ७ को राति पाकिस्तानले उत्तरी र पश्चिमी भारतका शहरहरूलाई निशाना बनायो। यसमा अवंतीपोरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालंधर, लुधियाना, आदमपुर, भटिंडा, चंडीगढ़, नल, फलोदी, उत्तरलाई र भुजमा ड्रोन र मिसाइलहरू प्रहार गरिएको थियो।’

Ncell
Extreme Energy

रक्षा मन्त्रालयले पाकिस्तानका ती आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ। त्यस्तै मन्त्रालयले भारतले पनि पाकिस्तानलाई उस्तै तीव्रताका साथ जवाफ दिएको दाबी गरेको छ। उसले पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार र प्रणाली ध्वस्त बनाएको दाबी गरेको छ । 

बिबिसी हिन्दुका अनुसार भारतले लाहोरमा रहेको एक वायु रक्षा प्रणाली नष्ट गरेको छ ।

त्यस्तै बुधबार पाकिस्तानले गरेको आक्रमणका कारण १६ भारतीय नागरिकको मृत्यु भएको भारतले जनाएको छ । पाकिस्तानी गोलाबारीमा परि तीन महिला र पाँच बालबालिकासहित १६ नागरिकको मृत्यु भएको भारतले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज कहाँ कहाँ हुँदैछ वर्षा ?

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको मतगणनामा महामन्त्री पदमा प्रदीप पौडेल र अमरसिंह पुनले अग्रता लिएका छन्।
बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुम्चेतको स्यारखोलामा आएको भेलबाढीका कारण बुढीगण्डकी नदीको जलसतह बढेको सूचना प्राप्त भएको थियो।