नेभिगेशन
समाज

रविन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । तिनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित सो प्रकरणमा पक्राउ परेका २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहिबार म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत पुर्याइएका मिश्रसहित सबैलाई ५ दिन हिरासतमा राख्न अनुमति दिइएको अदालतले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि ६ पटक म्याद थप भएका उनीहरुविरुद्ध सातौँ पटक म्याद थप भएको हो । न्यायाधीश मोना सिंहको इजलासले उनीहरुविरुद्ध राज्य विरुद्धको कसुर म्याद थप गरेको हो । 

Ncell
Extreme Energy

इजलासले चैत १५ गते गरेको आन्दोलनका कमान्डर समेत रहेका दुर्गा प्रसाईंको चिकित्सकको निगरानीमा राखेर उपचार र अनुसन्धान गर्न आदेश दिएको छ । सोही प्रकरणमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने स्वास्थ्यको कारण हिरासतमुक्त भएका थिए । उनलाई क्यान्सरको उपचार गर्नका लागि हिरासतमुक्त गरिएको हो । 

राजसंस्था पुर्नस्थापनाको माग गर्दै चैत १५ गते तिनकुनेमा पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु भएको थियो भने करोडौँको क्षति भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज कहाँ कहाँ हुँदैछ वर्षा ?

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको मतगणनामा महामन्त्री पदमा प्रदीप पौडेल र अमरसिंह पुनले अग्रता लिएका छन्।
बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुम्चेतको स्यारखोलामा आएको भेलबाढीका कारण बुढीगण्डकी नदीको जलसतह बढेको सूचना प्राप्त भएको थियो।