नेभिगेशन
समाज

रविन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । तिनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित सो प्रकरणमा पक्राउ परेका २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहिबार म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत पुर्याइएका मिश्रसहित सबैलाई ५ दिन हिरासतमा राख्न अनुमति दिइएको अदालतले जनाएको छ ।

यसअघि ६ पटक म्याद थप भएका उनीहरुविरुद्ध सातौँ पटक म्याद थप भएको हो । न्यायाधीश मोना सिंहको इजलासले उनीहरुविरुद्ध राज्य विरुद्धको कसुर म्याद थप गरेको हो । 

CG

इजलासले चैत १५ गते गरेको आन्दोलनका कमान्डर समेत रहेका दुर्गा प्रसाईंको चिकित्सकको निगरानीमा राखेर उपचार र अनुसन्धान गर्न आदेश दिएको छ । सोही प्रकरणमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने स्वास्थ्यको कारण हिरासतमुक्त भएका थिए । उनलाई क्यान्सरको उपचार गर्नका लागि हिरासतमुक्त गरिएको हो । 

राजसंस्था पुर्नस्थापनाको माग गर्दै चैत १५ गते तिनकुनेमा पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु भएको थियो भने करोडौँको क्षति भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...