नेभिगेशन
समाज

भारत-पाक तनावमा नेपालको चिन्ता,भन्यो– आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा छ

काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै आतंकवादविरुद्धको लडाइँमा दृढ साथ रहने स्पष्ट पारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२२ अप्रिल २०२५ मा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएपछि बिहीबार जारी विज्ञप्तिमा नेपालले यस्तो धारणा सार्वजनिक गरेको हो। 

Ncell
Extreme Energy


नेपालले आफ्ना छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ र क्षेत्रीय शान्तिका लागि दुवै देशलाई तनाव कम गर्न अपिल गरेको छ।


हेर्नुस्, परराष्ट्रले निकालेको विज्ञप्ति :

नेपाल सरकार
परराष्ट्र मन्त्रालय
काठमाडौं, नेपाल
प्रेस विज्ञप्ति

भारतको पहलगाममा २२ अप्रिल २०२५ मा भएका निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमण, जसमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए, त्यसपछिको भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर चिन्तित छ। त्यस दुःखद घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भएर उभिएका थिए ।

यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भर्त्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसंग मेल खान्छ। नेपाल आतंकविरुद्धको लडाइँमा सबैसंगै उभिएको छ। आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन ।

नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दछ।

परराष्ट्र मन्त्रालय
नेपाल सरकार
२०२५ मे ८

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज कहाँ कहाँ हुँदैछ वर्षा ?

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको मतगणनामा महामन्त्री पदमा प्रदीप पौडेल र अमरसिंह पुनले अग्रता लिएका छन्।
बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुम्चेतको स्यारखोलामा आएको भेलबाढीका कारण बुढीगण्डकी नदीको जलसतह बढेको सूचना प्राप्त भएको थियो।