नेभिगेशन
मुख्य समाचार

भारत-पाकिस्तान तनावः दुबै देशको आ-आफ्नै दावी

काठमाडौँ । भारत र पाकिस्तानबीचको दिन प्रतिदिन बढ्दै गएको छ । अप्रिल २२ मा कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जना पर्यटकको हत्या भएपछि भारतले उक्त आतंकवादी हमलामा पाकिस्तान पनि जिम्मेवार रहेको बताउँदै आएको छ । उक्त घटना भएको २ हप्तापछि भारतले अपरेशन सिन्दूर मार्फत त्यसको जवाफ दिएको थियो । भारतको अपरेशन सिन्दूरपछि पाकिस्तानले आफ्ना २६ जना निर्दोष नागरिकको ज्यान गएको र ४६ जना घाइते भएको जनाएको छ । 

भारतको उक्त अपरेशनपछि पाकिस्तानले पनि भारतलाई जवाफ दिने बताएको थियो । त्यसपछि दुई देशबिच बिभिन्न समयमा गोलाबारी भईरहेको समाचारहरु आईरहेका छन् । बिहीबार पाकिस्तानले गरेको गोलाबारीमा १६ जना भारतीय मारिएको भारतको रक्षा मन्त्रालयले जनाएको छ । सो क्रममा भारतले पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त पारेको दावी गरेको छ । 

CG

बिहीबार राति जम्मु कश्मिरको जम्मु शहरमा पाकिस्तानले मिसाईल आक्रमण गरेको भारतको भनाई छ । उक्त क्षेत्रमा आक्रमण भएपछि भारतले शहरमा ब्ल्यकआउट गरेको थियो । आकाशमा बिभिन्न प्रकारका मिसाइल आएको र नस्ट गरिएका बिभिन्न दृश्यहरु सार्वजनिक भएका छन् ।  पाकिस्तानले अखनूर, साम्बा, कठुआ लगायत थुप्रै स्थानमा आक्रमण गरेको भारतको दावी छ । ति सबै आक्रमणहरुलाई आफ्ना सुरक्षा संयन्त्रले आकाशमै निस्तेज पारेको जनाएको छ । 

उता पाकिस्तानले पनि भारतले प्रहार गरेको २५ ओटा ड्राेन निस्तेज पारिएको दावी गरेको छ । उसले भारतीय हमलाका कारण २ पाकिस्तानी नागरिकको मृत्यु भएको जनाइएको छ । तर पाकिस्तानले भारतीय सिमा क्षेत्रमा क्षेप्यास्त्र प्रहारको भन्ने भारतको दावीलाई अस्वीकार गरेको छ । 
आणविक हतियारले शक्तिशाली दुईबिचको बढ्नो तनाबले विश्व समुदाय चिन्तित बनेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक...
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

आइतबार विहान करिब सवा ६ बजे सप्तरी राजविराज वडा नं. ९ का ३४ वर्षीय अमित यादवको अस्पतालको पाँचौ तल्लाबाट खसेर टाउकोमा चोट लागेको तथा तत्कालै आकस्मिक कक्षमा उपचार...
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

“बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, “यो बढ्दो चिसोले अब धेरै...
डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

उनी आफ्नो शरिरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।