नेभिगेशन
समाज

भारत-पाकिस्तान तनावः दुबै देशको आ-आफ्नै दावी

काठमाडौँ । भारत र पाकिस्तानबीचको दिन प्रतिदिन बढ्दै गएको छ । अप्रिल २२ मा कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जना पर्यटकको हत्या भएपछि भारतले उक्त आतंकवादी हमलामा पाकिस्तान पनि जिम्मेवार रहेको बताउँदै आएको छ । उक्त घटना भएको २ हप्तापछि भारतले अपरेशन सिन्दूर मार्फत त्यसको जवाफ दिएको थियो । भारतको अपरेशन सिन्दूरपछि पाकिस्तानले आफ्ना २६ जना निर्दोष नागरिकको ज्यान गएको र ४६ जना घाइते भएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको उक्त अपरेशनपछि पाकिस्तानले पनि भारतलाई जवाफ दिने बताएको थियो । त्यसपछि दुई देशबिच बिभिन्न समयमा गोलाबारी भईरहेको समाचारहरु आईरहेका छन् । बिहीबार पाकिस्तानले गरेको गोलाबारीमा १६ जना भारतीय मारिएको भारतको रक्षा मन्त्रालयले जनाएको छ । सो क्रममा भारतले पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त पारेको दावी गरेको छ । 

Ncell
Extreme Energy

बिहीबार राति जम्मु कश्मिरको जम्मु शहरमा पाकिस्तानले मिसाईल आक्रमण गरेको भारतको भनाई छ । उक्त क्षेत्रमा आक्रमण भएपछि भारतले शहरमा ब्ल्यकआउट गरेको थियो । आकाशमा बिभिन्न प्रकारका मिसाइल आएको र नस्ट गरिएका बिभिन्न दृश्यहरु सार्वजनिक भएका छन् ।  पाकिस्तानले अखनूर, साम्बा, कठुआ लगायत थुप्रै स्थानमा आक्रमण गरेको भारतको दावी छ । ति सबै आक्रमणहरुलाई आफ्ना सुरक्षा संयन्त्रले आकाशमै निस्तेज पारेको जनाएको छ । 

उता पाकिस्तानले पनि भारतले प्रहार गरेको २५ ओटा ड्राेन निस्तेज पारिएको दावी गरेको छ । उसले भारतीय हमलाका कारण २ पाकिस्तानी नागरिकको मृत्यु भएको जनाइएको छ । तर पाकिस्तानले भारतीय सिमा क्षेत्रमा क्षेप्यास्त्र प्रहारको भन्ने भारतको दावीलाई अस्वीकार गरेको छ । 
आणविक हतियारले शक्तिशाली दुईबिचको बढ्नो तनाबले विश्व समुदाय चिन्तित बनेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।