नेभिगेशन
समाज

साधारणसभामा भाग लिन पुगेका एन्फा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक, गेटमै सुरु गरे धर्ना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापालाई साधारण सभामा प्रवेशमा रोक लगाएको छ । फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक एन्फाको साधारणसभामा भाग लिन पुगेका उनलाई प्रवेश नदिइएपछि उनले बाहिरै धर्ना दिएका छन् । 

काभ्रेको धुलिखेलमा सुरू भएको एन्फाको साधारणसभामा सहभागी हुन उनी शुक्रबार बिहानै कार्यक्रमस्थल पुगेका थिए । उनी पुग्दा अधिकांश एन्फाका पदाधिकारी कार्यक्रमस्थल पुगिसकेका थिए । गेटमा पुगेर भित्र प्रवेश गर्न खोजेका थापासँग पास खोजिएको थियो ।त्यस्तै पास नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको भन्दै रोकिएपछि उनी आक्रोशित बनेका छन् । उनले महासचिवलाई ज्ञापनपत्र बुझाएर धर्नामा बसेको उनका छोरा अभिषेक थापाले बताए । 

‘अदालतको आदेशपछि नै सभामा उपस्थित हुन कार्यक्रमस्थल पुग्नुभएको हो । तर पास खोज्दै प्रवेश नदिएपछि बाहिरै धर्ना दिएका छौँ ।’, उनले भने । 

आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका उनले बाहिर नाराबाजी गर्दै धर्ना बसेपछि भित्र भने साधारणसभा सुरु भएको छ । 

थापा फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भएसँगै एन्फाको साधारणसभामा सहभागी हुन पुगेका थिए । फिफाले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि निष्कृय बनेका उनी १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि सक्रिय बनेका थिए । 

प्रतिबन्ध फुकुवा भएपनि एन्फाले साधारण सभामा रोक लगाउने संकेत रहेको भन्दै उनले आफू साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए । सो रिटउपर न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापालाई साधारण सभाबाट बञ्चित नगर्न भएनै थापाकै पक्षमा फैसला गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।