नेभिगेशन
समाज

साधारणसभामा भाग लिन पुगेका एन्फा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक, गेटमै सुरु गरे धर्ना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापालाई साधारण सभामा प्रवेशमा रोक लगाएको छ । फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक एन्फाको साधारणसभामा भाग लिन पुगेका उनलाई प्रवेश नदिइएपछि उनले बाहिरै धर्ना दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काभ्रेको धुलिखेलमा सुरू भएको एन्फाको साधारणसभामा सहभागी हुन उनी शुक्रबार बिहानै कार्यक्रमस्थल पुगेका थिए । उनी पुग्दा अधिकांश एन्फाका पदाधिकारी कार्यक्रमस्थल पुगिसकेका थिए । गेटमा पुगेर भित्र प्रवेश गर्न खोजेका थापासँग पास खोजिएको थियो ।त्यस्तै पास नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको भन्दै रोकिएपछि उनी आक्रोशित बनेका छन् । उनले महासचिवलाई ज्ञापनपत्र बुझाएर धर्नामा बसेको उनका छोरा अभिषेक थापाले बताए । 

Ncell
Extreme Energy

‘अदालतको आदेशपछि नै सभामा उपस्थित हुन कार्यक्रमस्थल पुग्नुभएको हो । तर पास खोज्दै प्रवेश नदिएपछि बाहिरै धर्ना दिएका छौँ ।’, उनले भने । 

आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका उनले बाहिर नाराबाजी गर्दै धर्ना बसेपछि भित्र भने साधारणसभा सुरु भएको छ । 

थापा फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भएसँगै एन्फाको साधारणसभामा सहभागी हुन पुगेका थिए । फिफाले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि निष्कृय बनेका उनी १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि सक्रिय बनेका थिए । 

प्रतिबन्ध फुकुवा भएपनि एन्फाले साधारण सभामा रोक लगाउने संकेत रहेको भन्दै उनले आफू साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए । सो रिटउपर न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापालाई साधारण सभाबाट बञ्चित नगर्न भएनै थापाकै पक्षमा फैसला गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।