नेभिगेशन
समाज

भारत सरकारले लगायो चर्चित अनलाइन ‘द वायर’माथि प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले ‘द वायर’ नामक चर्चित समाचार संस्थालाई भारतभर प्रतिबन्ध लगाएको छ। सरकारको निर्देशनमा भारतका इन्टरनेट सेवा प्रदायकहरूले  ‘द वायर’लाई प्रतिबन्ध लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतमा स्वतन्त्र पत्रकारिताका लागि चर्चित मानिएको ‘द वायर’लाई भारतको सञ्चार मन्त्रालयको आदेशअनुसार सूचना प्रविधि ऐन, २००० अन्तर्गत बन्द गरिएको जनाइएको छ।

Ncell
Extreme Energy

यस कदमलाई ‘द वायर’ले प्रेस स्वतन्त्रताको उल्लंघन र सञ्चारमाध्यममाथिको हस्तक्षेप भएको छ । संस्थाले जारी गरेको वक्तव्यमा भनिएको छ, “सत्य, निष्पक्ष र विवेकपूर्ण आवाजहरू र समाचारका स्रोतहरू भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन्, र यिनै आवाजहरूलाई दबाउने प्रयास गरिएको छ।”

‘द वायर’ले यो निर्णयप्रति विरोध जनाउँदै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । संस्थाले थप भनेको छ, “हामी यो मनमानी र अस्पष्ट निर्णयविरुद्ध सबै आवश्यक कदम चाल्दैछौँ।”

पछिल्ला १० वर्षदेखि जनसमर्थनको भरमा पत्रकारिता गर्दै आएको ‘द वायर’ले पाठकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ, “हामी सत्य र तथ्यमा आधारित समाचार दिने प्रतिबद्धता बोकेर अगाडि बढ्नेछौं।”

‘द वायर’ सन् २०१५ मा स्थापना भएको एक स्वतन्त्र डिजिटल समाचार संस्था हो, जसले भारतीय राजनीति, समाज, मानवअधिकार, र सरकारको कार्यशैलीमा निगरानी गर्ने खबरहरू प्रकाशित गर्दै आएको छ। अन्य मुलधार मानिने सञ्चारमाध्यमहरूले उठाउन नसकेका विषयहरूलाई सार्वजनिक गर्ने यसको शैलीले यसले बारम्बार विवाद र सरकारी आलोचनाको सामना गर्दै आएको छ विगतमा पनि ‘द वायर’ले विभिन्न सरकारी संस्थाहरूविरुद्ध खोजी रिपोर्टहरू प्रकाशित गरेपछि कानुनी मुद्दा र दबाब झेल्दै आएको इतिहास छ। पछिल्लो प्रतिबन्धलाई पनि आलोचकहरूले सरकारद्वारा स्वतन्त्र पत्रकारितामाथिको दमनको निरन्तर प्रयासका रूपमा लिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...
रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामाथि गरिँदै आएका आक्रमण रोक्न आग्रह गरेका छन्  ।
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...