नेभिगेशन
समाज

भारत सरकारले लगायो चर्चित अनलाइन ‘द वायर’माथि प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले ‘द वायर’ नामक चर्चित समाचार संस्थालाई भारतभर प्रतिबन्ध लगाएको छ। सरकारको निर्देशनमा भारतका इन्टरनेट सेवा प्रदायकहरूले  ‘द वायर’लाई प्रतिबन्ध लगाएका हुन् । 

भारतमा स्वतन्त्र पत्रकारिताका लागि चर्चित मानिएको ‘द वायर’लाई भारतको सञ्चार मन्त्रालयको आदेशअनुसार सूचना प्रविधि ऐन, २००० अन्तर्गत बन्द गरिएको जनाइएको छ।

CG

यस कदमलाई ‘द वायर’ले प्रेस स्वतन्त्रताको उल्लंघन र सञ्चारमाध्यममाथिको हस्तक्षेप भएको छ । संस्थाले जारी गरेको वक्तव्यमा भनिएको छ, “सत्य, निष्पक्ष र विवेकपूर्ण आवाजहरू र समाचारका स्रोतहरू भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन्, र यिनै आवाजहरूलाई दबाउने प्रयास गरिएको छ।”

‘द वायर’ले यो निर्णयप्रति विरोध जनाउँदै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । संस्थाले थप भनेको छ, “हामी यो मनमानी र अस्पष्ट निर्णयविरुद्ध सबै आवश्यक कदम चाल्दैछौँ।”

पछिल्ला १० वर्षदेखि जनसमर्थनको भरमा पत्रकारिता गर्दै आएको ‘द वायर’ले पाठकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ, “हामी सत्य र तथ्यमा आधारित समाचार दिने प्रतिबद्धता बोकेर अगाडि बढ्नेछौं।”

‘द वायर’ सन् २०१५ मा स्थापना भएको एक स्वतन्त्र डिजिटल समाचार संस्था हो, जसले भारतीय राजनीति, समाज, मानवअधिकार, र सरकारको कार्यशैलीमा निगरानी गर्ने खबरहरू प्रकाशित गर्दै आएको छ। अन्य मुलधार मानिने सञ्चारमाध्यमहरूले उठाउन नसकेका विषयहरूलाई सार्वजनिक गर्ने यसको शैलीले यसले बारम्बार विवाद र सरकारी आलोचनाको सामना गर्दै आएको छ विगतमा पनि ‘द वायर’ले विभिन्न सरकारी संस्थाहरूविरुद्ध खोजी रिपोर्टहरू प्रकाशित गरेपछि कानुनी मुद्दा र दबाब झेल्दै आएको इतिहास छ। पछिल्लो प्रतिबन्धलाई पनि आलोचकहरूले सरकारद्वारा स्वतन्त्र पत्रकारितामाथिको दमनको निरन्तर प्रयासका रूपमा लिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

मेरिकीले डिभी लोटरी कार्यक्रम अस्थायीरुपमा रोकेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमका अनुसार ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा  डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने...
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका...
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा...
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका...