नेभिगेशन
समाज

आतंकवादविरुद्ध उभिएकोमा भारतले दियो नेपाललाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । 

Ncell
Extreme Energy

उहाँले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे। राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...
घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

बिहीबार राति मधेशकेन्द्रीत दलहरुसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने, अहिले हिंसा नभड्कियोस् भन्नका लागि सद्भाव कायम रहोस् भन्नका लागि यदी मसँग आगो निभाउन पानी छैन भने म...
राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न गएका पुगेका हुन् ।
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...