नेभिगेशन
समाज

पाकिस्तानमा रहेका नेपालीलाई सरकारको अनुरोध– कुनै सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्नु

काठमाडौँ । हालै पाकिस्तानमा भएका घटनाक्रमको सन्दर्भमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै मन्त्रालयले पाकिस्तानमा नेपालीहरुले कुनै समस्या भोग्नुपरे तुरुन्त नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै नेपालीहरुको सुरुक्षालाई मध्यनजर गर्दै इस्लामाबादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी तथा नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय गरिरहेको जनाएको छ । 

CG

त्यस्तै मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीहरूलाई कुनै सहयोग आवश्यक परेमा दूतावासका विभिन्न माध्यमबाट सम्पर्क गर्नसक्ने जनाएको छ । जसका लागि दूतावासको फोन नम्बर र इमेल सार्वजनिक गरिएको छ । दूतावासमा सम्पर्कका लागि :
वृन्दा सुवेदी खड्का, तृतीय सचिवः ९२३३१३२९३११९
आरसिलान मेहमुदः ९२३४०५१७४२६१
इमेलः [email protected]

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

मेरिकीले डिभी लोटरी कार्यक्रम अस्थायीरुपमा रोकेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमका अनुसार ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा  डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने...
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका...
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा...
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका...