नेभिगेशन
समाज

पाकिस्तानमा रहेका नेपालीलाई सरकारको अनुरोध– कुनै सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्नु

काठमाडौँ । हालै पाकिस्तानमा भएका घटनाक्रमको सन्दर्भमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै मन्त्रालयले पाकिस्तानमा नेपालीहरुले कुनै समस्या भोग्नुपरे तुरुन्त नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै नेपालीहरुको सुरुक्षालाई मध्यनजर गर्दै इस्लामाबादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी तथा नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय गरिरहेको जनाएको छ । 

Ncell
Extreme Energy

त्यस्तै मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीहरूलाई कुनै सहयोग आवश्यक परेमा दूतावासका विभिन्न माध्यमबाट सम्पर्क गर्नसक्ने जनाएको छ । जसका लागि दूतावासको फोन नम्बर र इमेल सार्वजनिक गरिएको छ । दूतावासमा सम्पर्कका लागि :
वृन्दा सुवेदी खड्का, तृतीय सचिवः ९२३३१३२९३११९
आरसिलान मेहमुदः ९२३४०५१७४२६१
इमेलः [email protected]

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...
रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामाथि गरिँदै आएका आक्रमण रोक्न आग्रह गरेका छन्  ।
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...