नेभिगेशन
समाज

‘ट्रक’को ठक्करबाट एकजनाकाे मृत्यु

झापा । ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी र उनको अवस्था पनि गम्भीर रहेको प्रहरी जनाएको छ ।

Ncell
Extreme Energy

जिल्ला प्रहरीका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गए राति दमक नगरपालिका–१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।

घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार छन् भने ट्रक र स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।