नेभिगेशन
समाज

समयमै लाइसेन्स प्रिन्ट गर्न नसक्ने विभागमा भएको अत्यावश्यक लाइसेन्स प्रिन्टिङ मेसिन पनि बिग्रियो

काठमाडौँ । सवारी चालक अनुमतिपत्र समयमै प्रिन्ट गरेर नागरिकलाई वितरण गर्न नसक्ने यातायात व्यवस्था विभागमा भएको अत्यावश्यक लाइसेन्स प्रिन्टिङ मेसिन समेत बिग्रिएको छ । जसका कारण केही दिनदेखि विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ पूर्णरुपमा बन्द भएको छ ।

२५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएपनि विभागले भने आइतबार मात्रै सूचना निकालेर सो सम्बन्धी जानकारी गराएको हो । त्यस्तै उक्त समस्या कहिले समाधाना भइसक्छ भन्ने समेत निर्क्यौल नभएको विभागले जनाएको छ । 

सवारी चालक अनुमति पत्र वर्षौँसम्म प्रिन्ट गरेर नागरिकको हातमा पुर्याउन नसक्ने विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छाप्दै आएको थियो । त्यसमा पनि समस्या आएपछि ती सबै काम बन्द भएका छन् । 

yatayat-1746946589.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।