नेभिगेशन
समाज

विपक्षी सांसदप्रति प्रधानमन्त्रीको कटाक्ष, ‘आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममा विपक्षी दलका सांसदहरूले अनावश्यक गालीगलौजमा उत्रिएको टिप्पणी गरेका छन् । आइतबार संसद्मा नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्दै ओलीले विपक्षी दलका नेताले आफ्नै अनुहार ऐनमा हेरेर सरकारलाई गाली गरेको आरोप लगाएका हुन् । 

प्रधानमन्त्री ओलीले भने, ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र केही माननीयज्यूहरूले अलि टिप्पणी भन्दा पनि गालीगलौजको भाषा बोल्नुभएको थियो । त त्यतापटि्ट जान चाहिनँ, गइनँ । ऐना अगाडिपट्टि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रहिछस्, त्यस्तो रहिछस् भनेर अरूलाई गाली गर्ने ? त्यसमा केही भनिरहन आवश्यक पर्दैन जस्तो मलाई  लाग्छ । आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह । म सवाल जवाफमा गइरहन चाहन्नँ, आवश्यक नै छैन ।  हामीले संसद्को भाषालाई सामाजिक सञ्जालको टिप्पणीको तहमा ओराल्नु हुँदैन भन्ने मलाई लाग्छ ।’

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...