नेभिगेशन
समाज

फरक विचार राख्नेलाई सरकारले दण्डित गर्ने प्रचलन बढ्दै छ, 'डिम्यान'ले त्यसको प्रतिवाद गरोसः ज्ञानेन्द्र शाही


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले फरक विचार राख्नेलाई सरकारले दण्डित गर्ने प्रचलन बढ्दै गएको र डिजिटल मिडियाले त्यसलाई प्रतिवाद गर्ने क्षमता राख्नुपर्ने बताएका छन् । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल डिम्यानले काठमाडौँमा आयोजित गरेको कार्यक्रममा बोल्दै सांसद शाहीले डिजिटल मिडियाले गरिबका आवाजलाई सँगसँगै सरकारमा बसेका प्रधानमन्त्रीलाई पनि प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । 

‘पछिल्लो पटक नेपालमा मात्र हैन, विकसित देशहरुमा पनि हेर्ने हो भने मिडिया चौथो अंग भन्दा पनि सरकारको मुखपत्र जस्तो देखिने र कुनै एक विचारको मात्रै प्रचार प्रसार गर्ने जस्तो देखिने, आफूले फरक विचार राख्नासाथ त्यसलाई बन्द गर्नुपर्छ भन्ने देखिने रोगहरु मिडियामा व्याप्त आए । नेपालमा त सबैभन्दा बढी यसको जडित रोग भयो । त्यसलाई चिर्दै यो डिजिटल युगमा मिडिया भनेको चाहिँ साँच्चै त्यस्तो अंग हो, यसले गरिबका आवाजलाई पनि बोक्नपर्छ, सरकारमा बसेको प्रधानमन्त्रीलाई पनि प्रश्न गर्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ जसरी पछिल्लोपटक अनलाइन मिडियाहरुको जमाना आयो, त्यो जमानालाई एकिकृत गर्दै जसरी यो 'डिम्यान' बनेको छ । त्यसका लागि म शुभकामना दिन चाहान्छु ।’, सांसद शाहीले भने । 

CG

‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ ले विभिन्न क्षेत्रका विज्ञहरु सम्मिलित प्यानल डिस्कशन आयोजना गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...