नेभिगेशन
समाज

नाम र दाम कमाउन मन भए सिनेमा क्षेत्रमा नआउनुसः दीपक राज गिरी

काठमाडौँ । कलाकार दीपक राज गिरीले कलाकारिता क्षेत्रमा सफल हुन अत्यन्त्र कठिन भएको बताएका छन् । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ले आयोजना गरेको प्यानल डिस्कशनमा बोल्दै कलाकार गिरीले कलाकारिता क्षेत्र भोकै बस्न र सडकमै सुत्न सक्नेले मात्र आउनुपर्ने बताएका हुन् । 

पछिल्लो समय थुपै्र व्यक्तिहरु नाम र दाम कमाउन कलाकारिता क्षेत्रमा आउने गरेको देखेको र कलाकारिता क्षेत्रमा ती कुराहरु मुश्किल भएको बताउँदै उनले उक्त क्षेत्रमा ५ प्रतिशत मानिस मात्रै सफल भएको बताए । ‘कोही मानिस कलाकार बन्न चाहान्छ । पछिल्ला दिनमा मैले के भन्न थालेको छु भने यदि तिमी पैसा कमाउन चाहान्छौ भने यो क्षेत्रमा आउँदै नआउ ।’, कलाकार गिरीले भने, ‘पैसा कमाउने तिम्रो लक्ष्य छ भने यो क्षेत्रमा तिमी आउँदै नआउ किनकि यो क्षेत्रमा ५ प्रतिशत मान्छेमात्रै सफल भएका छन् । नाम कमाउन चाहान्छौ भने पनि आउँदै नआउ । तिमी एक्टिङ गर्न चाहान्छौ र सडकमा पनि सुत्न सक्छौ भने वेलकम । भोकै बस्न चाहान्छौँ ?–आउ । त्यसपछि मात्रै सफल पनि हुन सकिन्छ, पैसा पनि कमाउन सकिन्छ, नाम पनि कमाउन सकिन्छ ।’

त्यस्तै उनले आफूले बुझेको क्षेत्रमा मात्रै लगानी गर्न समेत अनुरोध गरेका छन् । नेपालजस्तो देश जहाँ धेरै कुराको अस्थिरता रहेको बताउँदै उनले नबुझी गरेको लगानी जोखिमपूर्ण हुने बताए । उनले भने, ‘
हुन त आफू जुन क्षेत्रमा छ, त्यसमै विज्ञता हासिल गर्नु, त्यसमै बढी फोकस हुनु र त्यहीसँग सम्बन्धित क्षेत्रमा लगानी गर्नु सबैभन्दा राम्रो कुरा हो जस्तो लाग्छ । त्यो भए त्यसमा अनुभव, ज्ञान हुन्छ । तर नेपालको सन्दर्भमा अलिक फरक छ जस्तो लाग्छ । भौगोलिक अवस्थामा पनि भर पर्छ कि तिमी कहाँ छौँ, कहाँबाट है, तिमी कुन उद्योगमा छौ । जस्तो म चाहीँ सिनेमाकर्मीबाट मेरो करिअर सुरु गरेँ । त्यसपछि मैले मेरा लागि राम्रो बिज्नेस के हुन सक्ला भनेर हेर्दा हल हुन सक्छ । किनकि त्यो त्यस्तै त्यस्तै बिजनेस हो । आफूले नजानेको वा आफूले प्रशस्त ज्ञान हासिल नगरेको र कुन लेभलसम्म मैले लगानी गर्नुपर्छ, त्यसको प्रतिफल कस्तो हुन्छ, त्यसका चुनौतीहरु कस्ता हुन् भन्ने कुराको प्रशस्त ज्ञान नभइकन गरेर विभिन्न क्षेत्रमा गरिएको लगानी जोखिमपूर्ण लगानी हुन सक्छ । विशेषगरी हाम्रोजस्तो देशमा, जहाँ धेरै कुराको अस्थिरता छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।