नेभिगेशन
समाज

नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

'भ्रष्टाचार नियन्त्रणमा डिजिटल मिडियाले उल्लेखनीय भुमिका निभाउनुपर्छ'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीलाई नेपालको राजनीतिले विचलित बनाएको बताएका छ । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ले आयोजना गरेको प्यानल डिस्कशनमा बोल्दै अर्यालले देशको राजनीतिले सबैलाई निराश बनाइरहेको क्षणमा डिजिटल मिडियाले त्यो नैराश्यलाई कम गर्न भूमिका खेल्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै अर्यालले निजी क्षेत्रको सफलताबिना राष्ट्रका सफलता सम्भव छ भन्नु भाषण मात्रै रहेको बताउँदै सरकारले निजी क्षेत्रको संरक्षणमा लाग्नुपर्ने बताए । ‘पछिल्लो समयमा युवा पुस्तामा त्रास के आइरहेको छ भने नेपालको राजनीति देशमा मात्रै विचलित बनाएन, अन्तर्राष्ट्रिय स्तरमा रहेका नेपालीहरूले सुरु गरेको एनआरएनएको संस्थामा पनि राजनीतिको प्रवेशले उथलपुथल बनाइरहेको अवस्था छ। जसले गर्दाखेरि नेपालमा एफडीआई भित्र्याउने भनेर हामी बहस चलाउँछौँ तर एफडीआई ल्याउनेहरूलाई चाहिँ एकत्रित गर्न हामी सकिरहेको अवस्था छैन । त्यसैले यो अवस्थामा जुन किसिमको कार्यक्रम आयोजना गर्नुभएको छ यसले निजी क्षेत्रलाई प्रोत्साहन र उत्साह पक्कै पनि दिन्छ भन्ने मलाई लागेको छ।’, उपसभापति अर्यालले भने, ‘निजी क्षेत्रलाई संरक्षण गर्न जबसम्म सकिँदैन, निजी क्षेत्रको विकासमा सरकारले संरक्षण गर्न नसकेसम्म र निजी क्षेत्रले सफलता प्राप्त नगरेसम्म राष्ट्रको उन्नति राष्ट्रको समृद्धि हुन्छ भन्ने कुरा चाहिँ भाषणमा मात्र सीमित हुन्छ भन्ने लाग्छ । त्यस कारण हामीले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ, निजी क्षेत्रलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ र निजी क्षेत्रलाई त्यसै गरी जोगाएर जाने सरकारको कर्तव्य हो।’

Ncell
Extreme Energy

त्यस्तै पछिल्लो समय डिजिटल मिडियाको उपस्थितिले भ्रष्टाचार निवारणमा भूमिका खेलेको बताउँदै उनले डिजिटल मिडियालाई एकत्रित गर्न स्थापना भएको डिम्यानको प्रयासप्रति धन्यवाद प्रकट गरे । उनले भने, ‘त्यस्तै अहिले पछिल्लो समय जसरी डिजिटल मिडियामा साथीहरूले विशेष गरी साना मिडिया युट्युब लगायत अन्य मिडियाहरुले जुन किसिमले प्रवेश गरिरहनु भएको छ र नेपालको राजनीतिमा जनताको जनजीविकाको हकमा, नेपालको सुशासनको हकमा, नेपालको भ्रष्टाचार अन्त्यका लागि डिजिटल मिडियाको मार्फतबाट यहाँहरूले जुन प्रयास गरिरहनु भएको छ म मेरो तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । डिजिटल मिडियाको उल्लेख्य उपस्थिति भइसकेको छ यसलाई निरन्तरता दिनुपर्नेछ र यसले विचलित नभइकन यसलाई अगाडि बढ्नुपर्नेछ । डिजिटल मिडियाको उपस्थितिले समाज मा परिवर्तन ल्याउन अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै