नेभिगेशन
समाज

नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

'भ्रष्टाचार नियन्त्रणमा डिजिटल मिडियाले उल्लेखनीय भुमिका निभाउनुपर्छ'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीलाई नेपालको राजनीतिले विचलित बनाएको बताएका छ । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ले आयोजना गरेको प्यानल डिस्कशनमा बोल्दै अर्यालले देशको राजनीतिले सबैलाई निराश बनाइरहेको क्षणमा डिजिटल मिडियाले त्यो नैराश्यलाई कम गर्न भूमिका खेल्नुपर्ने बताएका छन् । 

त्यस्तै अर्यालले निजी क्षेत्रको सफलताबिना राष्ट्रका सफलता सम्भव छ भन्नु भाषण मात्रै रहेको बताउँदै सरकारले निजी क्षेत्रको संरक्षणमा लाग्नुपर्ने बताए । ‘पछिल्लो समयमा युवा पुस्तामा त्रास के आइरहेको छ भने नेपालको राजनीति देशमा मात्रै विचलित बनाएन, अन्तर्राष्ट्रिय स्तरमा रहेका नेपालीहरूले सुरु गरेको एनआरएनएको संस्थामा पनि राजनीतिको प्रवेशले उथलपुथल बनाइरहेको अवस्था छ। जसले गर्दाखेरि नेपालमा एफडीआई भित्र्याउने भनेर हामी बहस चलाउँछौँ तर एफडीआई ल्याउनेहरूलाई चाहिँ एकत्रित गर्न हामी सकिरहेको अवस्था छैन । त्यसैले यो अवस्थामा जुन किसिमको कार्यक्रम आयोजना गर्नुभएको छ यसले निजी क्षेत्रलाई प्रोत्साहन र उत्साह पक्कै पनि दिन्छ भन्ने मलाई लागेको छ।’, उपसभापति अर्यालले भने, ‘निजी क्षेत्रलाई संरक्षण गर्न जबसम्म सकिँदैन, निजी क्षेत्रको विकासमा सरकारले संरक्षण गर्न नसकेसम्म र निजी क्षेत्रले सफलता प्राप्त नगरेसम्म राष्ट्रको उन्नति राष्ट्रको समृद्धि हुन्छ भन्ने कुरा चाहिँ भाषणमा मात्र सीमित हुन्छ भन्ने लाग्छ । त्यस कारण हामीले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ, निजी क्षेत्रलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ र निजी क्षेत्रलाई त्यसै गरी जोगाएर जाने सरकारको कर्तव्य हो।’

CG

त्यस्तै पछिल्लो समय डिजिटल मिडियाको उपस्थितिले भ्रष्टाचार निवारणमा भूमिका खेलेको बताउँदै उनले डिजिटल मिडियालाई एकत्रित गर्न स्थापना भएको डिम्यानको प्रयासप्रति धन्यवाद प्रकट गरे । उनले भने, ‘त्यस्तै अहिले पछिल्लो समय जसरी डिजिटल मिडियामा साथीहरूले विशेष गरी साना मिडिया युट्युब लगायत अन्य मिडियाहरुले जुन किसिमले प्रवेश गरिरहनु भएको छ र नेपालको राजनीतिमा जनताको जनजीविकाको हकमा, नेपालको सुशासनको हकमा, नेपालको भ्रष्टाचार अन्त्यका लागि डिजिटल मिडियाको मार्फतबाट यहाँहरूले जुन प्रयास गरिरहनु भएको छ म मेरो तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । डिजिटल मिडियाको उल्लेख्य उपस्थिति भइसकेको छ यसलाई निरन्तरता दिनुपर्नेछ र यसले विचलित नभइकन यसलाई अगाडि बढ्नुपर्नेछ । डिजिटल मिडियाको उपस्थितिले समाज मा परिवर्तन ल्याउन अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...