नेभिगेशन
मुख्य समाचार

मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १६ नगवा बस्ने २० वर्षीया आलिया खातुनलाई मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पीडित नाबालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित एक होटलमा यौन शोषणको उद्देश्यले लगेककी थिइन् ।

CG

पीडित किशोरीको उजुरीपछि इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको टोलीले वैशाख २७ गते राति नै उक्त किशोरीको उद्दार गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट यसअघि पनि आलिया खातुनले यस्तै प्रलोभन देखाएर नाबालिकाहरूलाई भारत पुर्‍याई यौन शोषणमा संलग्न गराउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले आलिया खातुनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले बताए । 

‘यो मानव तस्करीको गम्भीर विषय हो, जसमा किशोरीहरूलाई लालच देखाएर यौन शोषणमा धकेलिन्छ । हामी थप प्रमाण संकलन गर्दैछौं र यस घटनामा संलग्न अरू सम्भावित व्यक्तिहरूको खोजी पनि गरिरहेका छौँ’, लम्सालले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...