नेभिगेशन
मुख्य समाचार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । 

सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।

CG

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा  नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । आरोहण अनुमति  जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने आजैबाट पार्टी जिम्मेवारीमा फर्किने

रवि लामिछाने आजैबाट पार्टी जिम्मेवारीमा फर्किने

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको...
एमालेमा मनोनीत गर्न पुस २६ गते दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने

एमालेमा मनोनीत गर्न पुस २६ गते दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने

सोही बैठकमा मनोनीत हुने विभिन्न पदमा मनोनयन समेत गर्नेछ। एघारौँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको शुक्रबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो।
जेनजी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारको सम्मान

जेनजी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारको सम्मान

आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही रु २५ हजार नगदसहित सम्मान गरिएको हो ।