नेभिगेशन
समाज

एमाले सांसद पन्थीमाथि एक वर्षदेखि पक्राउ पूर्जी, देखेपनि नदेखेझैँ गर्छ प्रहरी

काठमाडौँ । लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीमाथि करिब एक वर्षअघि नै पक्राउ पूर्जी जारी गरे पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन्। मोरङ जिल्ला अदालतले अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै पन्थी र देवराज खनाललाई जनही ६ महिना कैदको सजाय सुनाएको हो।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका पन्थी कपिलवस्तु–१ (१) बाट निर्वाचित सांसद हुन्। उनी काठमाडौँस्थित गौतमबुद्ध हाइड्रोपावर प्रालिका सञ्चालक हुन्। सो कम्पनीले पल्लवी इलेक्ट्रा प्रालिबाट २०७३ सालमा उधारो लिएको १८ लाख ५४ हजार रुपैयाँमध्ये १३ लाख ५४ हजार रुपैयाँ फिर्ता नगरेपछि अदालतमा मुद्दा दर्ता भएको थियो।

CG

सो मुद्दाउपर मोरङ अदालतले २०७७ सालमा बाँकी रकम तिर्न आदेश दिएपनि कार्यान्वयन नभएपछि २०८१ मा जनही ६ महिनाको कैद तोकिएको हो। पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय काठमाडौं, रुपन्देही, अपराध अनुसन्धान शाखालगायत सबै युनिटमा पठाइएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

प्रहरीमा पक्राउ पुर्जी जारी भएको अवस्थामा पनि सांसद पन्थी भने सार्वजनिक कार्यक्रममा खुलेआम सहभागी भइरहेका छन । उनी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा समेत प्रमुख अतिथिको आसनमा सहभागी थिए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी थिए । सार्वजनिक कार्यक्रममा प्रहरीकै सुरक्षाबिच बसेका उनी पक्राउ परेनन् । राजनीतिक पहुँचकै कारण उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै चौचर्फी आलोचना भइरहेको छ।

सांसद पन्थीले भने आफू हाइड्रोपावरका जिम्मेवार व्यक्ति नभएको दाबी गर्दै सारा जिम्मेवारी देवराज खनालको भएको बताउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...