नेभिगेशन
समाज

एमाले सांसद पन्थीमाथि एक वर्षदेखि पक्राउ पूर्जी, देखेपनि नदेखेझैँ गर्छ प्रहरी

काठमाडौँ । लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीमाथि करिब एक वर्षअघि नै पक्राउ पूर्जी जारी गरे पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन्। मोरङ जिल्ला अदालतले अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै पन्थी र देवराज खनाललाई जनही ६ महिना कैदको सजाय सुनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका पन्थी कपिलवस्तु–१ (१) बाट निर्वाचित सांसद हुन्। उनी काठमाडौँस्थित गौतमबुद्ध हाइड्रोपावर प्रालिका सञ्चालक हुन्। सो कम्पनीले पल्लवी इलेक्ट्रा प्रालिबाट २०७३ सालमा उधारो लिएको १८ लाख ५४ हजार रुपैयाँमध्ये १३ लाख ५४ हजार रुपैयाँ फिर्ता नगरेपछि अदालतमा मुद्दा दर्ता भएको थियो।

Ncell
Extreme Energy

सो मुद्दाउपर मोरङ अदालतले २०७७ सालमा बाँकी रकम तिर्न आदेश दिएपनि कार्यान्वयन नभएपछि २०८१ मा जनही ६ महिनाको कैद तोकिएको हो। पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय काठमाडौं, रुपन्देही, अपराध अनुसन्धान शाखालगायत सबै युनिटमा पठाइएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

प्रहरीमा पक्राउ पुर्जी जारी भएको अवस्थामा पनि सांसद पन्थी भने सार्वजनिक कार्यक्रममा खुलेआम सहभागी भइरहेका छन । उनी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा समेत प्रमुख अतिथिको आसनमा सहभागी थिए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी थिए । सार्वजनिक कार्यक्रममा प्रहरीकै सुरक्षाबिच बसेका उनी पक्राउ परेनन् । राजनीतिक पहुँचकै कारण उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै चौचर्फी आलोचना भइरहेको छ।

सांसद पन्थीले भने आफू हाइड्रोपावरका जिम्मेवार व्यक्ति नभएको दाबी गर्दै सारा जिम्मेवारी देवराज खनालको भएको बताउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै