नेभिगेशन
समाज

भारत–पाकिस्तानको तनावबारे लुम्बिनीबाट प्रधानमन्त्रीले के भनेका थिए ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पाकिस्तानले स्थिति विस्तार हुन नदिएकोमा धन्यवाद व्यक्त गरेका छन् । म्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले आफूहरुले पनि हात हालाहालको स्थिती रोक्नको लागि कुरा गरेको बताए । सो क्रममा उनले बुद्धको उपदेश विश्वका लागि नै निकै उपयोगी भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तो छ ओलीले भारत पाकिस्तानबीचको तनावबारे दिएको अभिव्यक्तिः 

Ncell
Extreme Energy

‘उपदेशहरुमार्फत जुन शिक्षा बुद्धले दिनुभएको छ, ति विश्वका लागि महत्वपूर्ण छन् । झण्डै झण्डै भर्खर अहिले मात्रै, केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो । तर हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है ।  यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौँ । उहाँहरुसँग पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ । अर्थात बुद्धका शान्तिका सन्देशहरुका अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि छ , सबै कुराका लागि शान्तिको महत्व छ । र आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरुका निर्माण र थुप्रो लगाउने काम भइरहेको छ यो विश्व र मानव अस्तित्वको लागि  खतरनाक छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै