नेभिगेशन
मुख्य समाचार

भारत–पाकिस्तानको तनावबारे लुम्बिनीबाट प्रधानमन्त्रीले के भनेका थिए ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पाकिस्तानले स्थिति विस्तार हुन नदिएकोमा धन्यवाद व्यक्त गरेका छन् । म्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले आफूहरुले पनि हात हालाहालको स्थिती रोक्नको लागि कुरा गरेको बताए । सो क्रममा उनले बुद्धको उपदेश विश्वका लागि नै निकै उपयोगी भएको बताए । 

यस्तो छ ओलीले भारत पाकिस्तानबीचको तनावबारे दिएको अभिव्यक्तिः 

‘उपदेशहरुमार्फत जुन शिक्षा बुद्धले दिनुभएको छ, ति विश्वका लागि महत्वपूर्ण छन् । झण्डै झण्डै भर्खर अहिले मात्रै, केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो । तर हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है ।  यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौँ । उहाँहरुसँग पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ । अर्थात बुद्धका शान्तिका सन्देशहरुका अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि छ , सबै कुराका लागि शान्तिको महत्व छ । र आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरुका निर्माण र थुप्रो लगाउने काम भइरहेको छ यो विश्व र मानव अस्तित्वको लागि  खतरनाक छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।