नेभिगेशन
समाज

जडीबुटीदेखि पेप्सीकोला चोकसम्मका सडक दायाँबायाँ संरचना हटाउन महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौँ । काठमाडौँको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक सीमा क्षेत्रभित्र रहेका अवैध संरचना हटाउने प्रक्रिया सुरु भएको छ। काठमाडौँ महानगरपालिका र सडक विभागले सोमबार संयुक्त सूचना जारी गर्दै उक्त क्षेत्रका अनधिकृत संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचनाका अनुसार अरनिको राजमार्गअन्तर्गत पर्ने जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५–१५ मिटर क्षेत्र सडक सीमाका रूपमा कायम गरिएको छ। सो क्षेत्रमा वैशाख १० गते नेपाल सरकार र स्थानीय तहका निकायहरूको संयुक्त टोलीले सीमाङ्कन गरी चिनो लगाएका थिए । 'सडक सीमा क्षेत्रभित्र नक्सा पास विपरीत निर्माण गरिएका पक्की–कच्ची संरचना, बार, गेट, पर्खाल, सटर, टहरा लगायत सम्पूर्ण अनधिकृत संरचना ३५ दिनभित्र आफैं हटाउन सूचित गरिन्छ', सूचनामा उल्लेख छ।

Ncell
Extreme Energy

त्यस्तै सार्वजनिक सम्पत्तिको अनधिकृत अतिक्रमण नगर्न स्थानीय निकायले पटकपटक अनुरोध गर्दै आएको छ। अनधिकृत रुपमा बनाइएका संरचना तोकिएको समयसीमाभित्र संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित भवन निर्माण मापदण्डअनुसार कारबाही अघि बढाइने काठमाडौं महानगर र सडक विभागले चेतावनी दिएको छ।

सरकारी निकायहरूले स्वेच्छिक रूपमा संरचना हटाउन अपिल गर्दै आगामी चरणमा डोजर चलाउने तयारीसमेत गरिरहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।
ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

नेकपा (एमाले)ले नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको र ग्यासको सहज आपूर्ति तथा व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।
म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै किशोरीहरू गर्भवती हुने र आमा बन्ने अवस्था अझै देखिएको छ।