नेभिगेशन
समाज

जडीबुटीदेखि पेप्सीकोला चोकसम्मका सडक दायाँबायाँ संरचना हटाउन महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौँ । काठमाडौँको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक सीमा क्षेत्रभित्र रहेका अवैध संरचना हटाउने प्रक्रिया सुरु भएको छ। काठमाडौँ महानगरपालिका र सडक विभागले सोमबार संयुक्त सूचना जारी गर्दै उक्त क्षेत्रका अनधिकृत संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन्।

सूचनाका अनुसार अरनिको राजमार्गअन्तर्गत पर्ने जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५–१५ मिटर क्षेत्र सडक सीमाका रूपमा कायम गरिएको छ। सो क्षेत्रमा वैशाख १० गते नेपाल सरकार र स्थानीय तहका निकायहरूको संयुक्त टोलीले सीमाङ्कन गरी चिनो लगाएका थिए । 'सडक सीमा क्षेत्रभित्र नक्सा पास विपरीत निर्माण गरिएका पक्की–कच्ची संरचना, बार, गेट, पर्खाल, सटर, टहरा लगायत सम्पूर्ण अनधिकृत संरचना ३५ दिनभित्र आफैं हटाउन सूचित गरिन्छ', सूचनामा उल्लेख छ।

त्यस्तै सार्वजनिक सम्पत्तिको अनधिकृत अतिक्रमण नगर्न स्थानीय निकायले पटकपटक अनुरोध गर्दै आएको छ। अनधिकृत रुपमा बनाइएका संरचना तोकिएको समयसीमाभित्र संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित भवन निर्माण मापदण्डअनुसार कारबाही अघि बढाइने काठमाडौं महानगर र सडक विभागले चेतावनी दिएको छ।

सरकारी निकायहरूले स्वेच्छिक रूपमा संरचना हटाउन अपिल गर्दै आगामी चरणमा डोजर चलाउने तयारीसमेत गरिरहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।